समाज

जबर्जस्ती करणीको अभियोगमा एक पक्राउ

ताप्लेजुङ-मानसिक सन्तुलन ठीक नभएकी महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा ताप्लेजुङ प्रहरीले एक जनालाई पक्राउ गरेको छ। करणी अभियोगमा ताप्लेजुङ सिरिजङघा गाउँपालिका–६ का ५१ वर्षीय कुमार कडरीयालाई प्रहरीले पक्राउ गरेको हो।

कडरीयाले सोमबार सोही ठाउँ बस्ने मानसिक सन्तुलन ठीक नभएकी २४ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको उजुरी परेपछि पक्राउ गरी आवश्यक अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कर्यालय ताप्लेजुङले जनाएको छ।

 

 

 

प्रकाशित: १६ जेष्ठ २०७४ १३:३८ मंगलबार

जबर्जस्ती करणीको अभियोगमा पक्राउ