समाज

निकुञ्जले गर्‍याे बाघको उद्धार

फाइल तस्वीर

चितवन राष्ट्रिय निकुञ्जले चालु आर्थिक वर्षमा छ बाघको उद्धार गरेको छ। निकुञ्जको विभिन्न स्थानबाट ती बाघको उद्धार गरिएको हो। निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार उद्धार गरिएका बाघमध्ये तीन बाघलाई निकुञ्जमा छोडिएको छ। समस्याग्रस्त भएका र घाइते भएका बाघलाई उद्धार गरिएको उनले बताए।

उद्धार गरी ल्याइएका बाघको अवस्था हेरी निकुञ्जको कोर-इलाकामा छाड्ने गरिन्छ। बाँके राष्ट्रिय निकुञ्ज र पर्सा राष्ट्रिय निकुञ्जमा एकएक वटा पठाइएको छ भने एउटालाई खोरमा राखेर उपचार भइरहेको उनले बताए।

उद्धार गरी ल्याइएका बाघ उपचारको क्रममा मर्ने र बानीमा सुधार आएपछि निकुञ्जमा छोडिने गरिन्छ। यस वर्ष उद्धार गरिएकोमा चार भाले र दुई पोथी बाघ रहेको निकुञ्जले जनाएको छ।

चितवन राष्ट्रिय निकुञ्जले चालु आर्थिक वर्षमा छ बाघको उद्धार गरेको छ। निकुञ्जको विभिन्न स्थानबाट ती बाघको उद्धार गरिएको हो।

गत आर्थिक वर्षमा निकुञ्जले समस्याग्रस्त र घाइते सात बाघको उद्धार गरेको थियो। जसमध्ये दुईवटा उपचारका क्रममा मरेको र चार वटाको आनीबानीमा सुधार आएसँगै निकुञ्जमा छाडिएको थियो। एउटा बाघलाई अहिले पनि निकुञ्जको खोरमा राखिएको उनले बताए। यस वर्ष उद्धार गरिएका बाघमध्ये दुई पोथी र पाँच भाले छन्।

गत आर्थिक वर्षमा निकुञ्जले समस्याग्रस्त र घाइते सात बाघको उद्धार गरेको थियो। जसमध्ये दुईवटा उपचारका क्रममा मरेको र चार वटाको आनीबानीमा सुधार आएसँगै निकुञ्जमा छाडिएको थियो।

निकुञ्जको खोरमा बाघको सङ्ख्या बढेसँगै यहाँबाट बाघलाई विभिन्न निकुञ्जमा स्थानान्तरण गरिएको छ। निकुञ्जको मुख्यालय कसरामा रहेका खोरमा तीन वटा र सौराहामा रहेको खोरमा दुईवटा बाघ रहेका छन्। पछिल्लो गणना अनुसार चितवन राष्ट्रिय निकुञ्जमा १२८ बाघ छन्।    

प्रकाशित: २५ असार २०८० ०६:०५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App