समाज

सगरमाथामा १४ महिनादेखि बेपत्ता भारतीय नागरिकको शव फेला

सोलुखुम्बु- सगरमाथा आरोहणको क्रममा १४ महिनादेखि हराईरहेका विदेशी नागरिक मृत अवस्थामा फेला परेका छन्। ०७२ चैत्र २ गते काठमाडौंबाट सगरमाथा आरोहणका लागी सगरमाथाको क्याम्प ४ पुगेर हराएका दुई भारतीय नागरिकको शव आईतबार क्याम्प ४ मै भेटीएको हो। चैत्र २ गते आरोहणका लागी आएका भारत पश्चीम दुर्गापुरका वर्ष ५८ का परेश चन्द्र नाथ र वर्ष ५० का गौतम घोष सगरमाथा आरोहण गरी आधार शिविर फर्कने क्रममा क्याम्प ४ बाट चैत्र २५ गतेदेखि बेपत्ता भएका थिए।  बेपत्ता ती दुइको शव आइतबार हिउँले पुरीएको अवस्थामा भेटीएको प्रहरी नायव उपरीक्षक माधव बुढाथोकीले जनाए।

उनीहरु ट्रेकिङ क्याम्प नेपाल प्रालि काठमाडौबाट सगरमाथा आरोहणका लागी आएका थिए।   त्यस्तै, ०७३ चैत्र २४ गते आरोहणका लागी आएका भारतीय नागरिक वर्ष २७ का रबि कुमारको शव पनि क्याम्प ४ मै भेटीएको जिल्ला प्रहरी कार्यलय सोलुखुम्बुले जनाएको छ। रबि कुमार समिट ट्रेक प्रालि काठमाडौ मार्फत आरोहणका लागी आएका थिए।

उनी लामो समयदेखि हराईरहे पनि फेला पर्न सकेको थिएनन्। दुई वर्षदेखि हराईरहेका २ वटा विदेशी नागरिकको शव पोष्टमार्टमका लागी हेलीकोप्टर मार्फत उद्धार गरी काठमाडौ पठाइएको छ।

प्रकाशित: १४ जेष्ठ २०७४ १२:३० आइतबार

सगरमाथामा १४ महिनादेखि बेपत्ता भारतीय नागरिकको शव फेला