समाज

नेपालगन्जको धम्बोझीमा भीषण आगलागी

बिहान ८ बजेदेखि धम्बोझीमा भइरहेको अागलागी। तस्विरः कलेजन्द्र सेजुवाल

नेपालगन्ज–नेपालगन्ज धम्बोझीस्थित श्रीया फर्निचरमा आगलागी भएको छ। बिहान करिब ८  बजेदेखि सुरु भएको आगो अझै नियन्त्रणमा आउन सकेको छैन। प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको अग्नि नियन्त्रण टोलीले आगो निभाउने प्रयास गरिरहेको बाँके प्रहरी प्रमुख एसपी टेकप्रसाद राइले नागरिकन्युजलाई बताए।

अागालागी सुरु भएको एक घन्टासम्म दमकल नअाइपुग्दा अागो फैलिन पाएको थियो। करिब घन्टापछि नेपालगन्ज नगरपालिकाको दमकल पुगेको प्रत्यक्षदर्शीले बताएका छन्।

अागलागीबाट के कति क्षति भएको भन्ने अाँकलन भइसकेको छैन।

नेपालगन्जको धम्बोझीमा भीषण आगलागी