समाज

लागुऔषध सहित १० जना पक्राउ

भक्तपुर- भक्तपुर नगरपालिका २ व्यासीबाट लागुऔषध सहित १० जनालाई प्रहरीले पक्राउ गरेको छ। व्यासी बस्ने बर्ष २० को हरिशरण माकमी, बर्ष १७ को बिकेस याकामी,  बर्ष २३ को मिलन ब्याञ्जु, बर्ष २१ को किरण ब्याञ्जु , बर्ष २० को इलम प्रधानाङ्ग पक्रा गरेको महागनरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ।

भक्तपुर नगरपालिका डेकोचा बस्ने बर्ष १७ को रितिक अवाल, चागुँनारायण नगरपालिका ४ बस्ने बर्ष २२ को आशिष भडेल,  काभ्रेपलान्चोक जिल्ला मंगलटार ९ घर भई हाल भक्तपुर नगरपालिका २ व्यासी बस्ने बर्ष १७ युनेश लामा,  मकवानपुर जिल्ला चित्लाङ घर भई हाल काठमाण्डौ टेकुमा बस्ने बर्ष २४ को प्रस्थान घर्तिमगर र  झापा जिल्ला घर भई हाल काठमाण्डौ न्युरोड स्थितमा बस्ने बर्ष ३३ को नगेन राजवंशी बस्ने उनीहरुलाई एकै ठाउँबाट पक्राउ गरेको परिसका प्रवक्ता कृष्ण प्रसाईले जनाए । उनीहरुसँग नाईट्राभेट ट्यावलेट ३०९ थान लागूऔषध पनि वरामद गरेको उनले जनाए।

 

 

 

प्रकाशित: १२ जेष्ठ २०७४ १२:१६ शुक्रबार

लागुऔषध सहित १० जना पक्राउ