समाज

डुबेर बेपत्ता भएका दुई बालक मृत फेला

नवलपरासी – नारायणी नदीमा डुबेर बेपत्ता भएका दुई बालक आज मृत अवस्थामा फेला परेका छन् । 

नवलपरासीको गैँडाकोट–१ को नारायणी नदी किनारमा पौडी खेल्ने क्रममा बिहीबार बेपत्ता भएका बालक नदी छेउमै मृत अवस्थामा फेला परेका हुन् । 

नदीको छेउमा नवलपरासी गैँडाकोट–१ का १८ वर्षीय आशिष श्रेष्ठ र गैँडाकोट–८ का १७ वर्षीय भूपेन्द्र केसी मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । 

खोजीका लागि आएको गोताखोरको टोली, प्रहरी र विपद् व्यवस्थापनको टोलीले बालकको शव फेला पारेको हो । दुबैको शव मुचुल्का गरी परीक्षणका लागि भरतपुर अस्पताल पठाइएको छ । शव आजै शव निरीक्षण गरी परिवारलाई बुझाइने प्रहरीले बताएको छ । रासस 

प्रकाशित: १२ जेष्ठ २०७४ ०९:३२ शुक्रबार

डुबेर बेपत्ता भएका दुई बालक फेला