समाज

लेलेको मुहार फेर्ने भाइरल सडक

विकास

अचेल दक्षिण ललितपुरको एउटा सडक सामाजिक सञ्जालमा भाइरल बनेको छ। ऐतिहासिक, धार्मिक, सांस्कृतिक तथा प्राकृतिक सौन्दर्यले भरिपूण गोदावरी नगरपालिका लेले-टीकाभैरव चारलेनको बाटाले अझै सुन्दरताको मुहान फुटेको छ। व्यवस्थित र सुन्दर सडकका कारणले लेले-टीकाभैरववासीमा खुसी छाएको छ।

चारलेनको सडकलाई डबल कालोपत्रे गरी अत्यन्तै व्यवस्थित बनाइएको छ। ‘स्वच्छ-सुन्दर दक्षिण ललितपुर लेले-टीकाभैरव अहिले घुम्न जानेको चाप छ। प्राकृतिक सम्पदाले भरिपूर्ण भएको दक्षिण ललितपुरमा सौन्दर्यको कमी छैन। अग्ला र ठुला हरियाली जंगलले घेरिएको समथर र खुला लेले, टीकाभैरव बस्तीका बीचमा चारलेनको सुन्दर सडक हुँदा आफैमा आनन्दमय छ। बस्ती कम, खुला र हरियालीले लेले-टीकाभैरव सडकको दायाँबायाँ रहेको बगैंचाले स्वर्गीय आनन्द दिएको छ। सातदोबाटो-लेले सडक खण्ड लामो समयदेखि अस्तव्यस्त र भद्रगोल सडकलाई व्यवस्थित बनाएर डबल कालोपत्र गरी सडकको दायाँबायाँ फूलहरू फुलेर हराभरा भएका छन्।

चारलेन सडकको प्रशंसा गर्दै गोदावरी नगरपालिका वडा नं. ६ टीकाभैरवका स्थानीय सुरज थापा भन्छन्, ‘चक्रपथ रिङरोडझैं ठुलो बाटो बन्यो। यहाँका स्थानीय वासीलाई त जुग नै फेरिएझैं भएको छ। सधैं धुलो धुवाँ खाएर बसेका हामी अहिले स्वच्छ हावा खाँदै छौं। यही सुन्दर सडकले गर्दा शुक्रबार र शनिबार झन्डै दुई तीन सय आन्तरिक र बाह्य पर्यटन घुम्न आउने गर्छन्।’

अचेल दक्षिण ललितपुरको एउटा सडक सामाजिक सञ्जालमा भाइरल बनेको छ। ऐतिहासिक, धार्मिक, सांस्कृतिक तथा प्राकृतिक सौन्दर्यले भरिपूण गोदावरी नगरपालिका लेले-टीकाभैरव चारलेनको बाटाले अझै सुन्दरताको मुहान फुटेको छ। व्यवस्थित र सुन्दर सडकका कारणले लेले-टीकाभैरववासीमा खुसी छाएको छ।

हिलो र धुलोले कुरूप बनेको यस स्थान अहिले काँचुली फेरेको छ। टीकाभैरवका थापा भन्छन्, ‘पहिला घरबाट अफिस जान निस्कियो भने सातदोबाटो पुग्नै घण्टौं लाग्थ्यो। सफा कपडा लगाएर हिँड्यो, हिलाम्मे र धुलाम्मे हुने। कतिपटक त बाटो हिलो हुदाँ बाइक नै गाडिएर कपडा पूरै हिलो भई घर फर्कनुपरेको छ भने कतिपटक त घरका सदस्यलाई फोन गरेर आधा बाटोमा नै कपडा मगाई अफिस जानुपरेको थियो। त्यो अवस्थाबाट आएका हामी अहिले त नयाँ जुनी फेरिएझैं लाग्छ।’

धेरै प्रजातिका चराचुरुङ्गीका लागि प्राकृतिक वासस्थान भएको दक्षिण ललितपुर विभिन्न प्रजातिका वनस्पति, जडीबुटी र सुन्दर मनोरम पवित्र आनन्द वन र जैविक विविधताले लेले, टीकाभैरवलाई घेरेको छ।

दक्षिण ललितपुरमा हालसालै चारलेनको बाटोले मात्र पर्यटक घुम्न आएका भने होइनन्। उक्त क्षेत्रमा टीकाभैरवजस्ता चर्चित मन्दिरलगायत सरस्वतीकुण्ड, मनकामना, कालेश्वर, गुप्तेश्वर र पाथीभराजस्ता अन्य धार्मिक स्थलहरू छन्, जसले गर्दा धार्मिक एवम् पर्यटकीय हिसाबले महत्वपूर्ण मानिन्छ।

‘मुख्य सडक हुँदै घरघर टोलटोलसम्म पुग्छौं,’ थापाले भने, ‘सहायक बाटोबाट वर्षामा आएको भेल मुख्य सडकमा जाने गरेको छ। त्यसलाई व्यवस्थित गर्नु आवश्यक छ। साथै रात्रिकालीनको समयलाई मध्यनजर गरी बिजुलीका पोल राख्न जरुरी छ। मुख्य सडकमा ट्राफिक बत्ती राखिदिए लेले, टीकाभैरववासीलाई सुनमा सुगन्ध हुने थियो।’

धेरै प्रजातिका चराचुरुङ्गीका लागि प्राकृतिक वासस्थान भएको दक्षिण ललितपुर विभिन्न प्रजातिका वनस्पति, जडीबुटी र सुन्दर मनोरम पवित्र आनन्द वन र जैविक विविधताले लेले, टीकाभैरवलाई घेरेको छ।

हालसालै भाइरल रोडको नामले लेले, टीकाभैरवको सडकलाई चिन्न सकिन्छ। विगत धेरै वर्षअघिदेखि अस्तव्यस्त सडक अहिले सामाजिक सञ्जालमा छाइरहेको छ।

भाइरल सडक भनी घुम्न आउनेहरूको विभिन्न सामाजिक सञ्जाल मार्फत फेसबुक लाइभ, टिकटक र सुटिङ गर्नेहरूको भिड देखिन्छ।

लेले, टीकाभैरव क्षेत्रका बजार अहिले चिटिक्क र सुन्दर देखिएका छन्। सडक सफा, सुन्दर र फराकिलो भएकाले बल्ल आफूहरू सुन्दर र सफा लेलेवासी हुन पाएकामा गौरवको अनुभूति भइरहेको स्थानीयवासीको भनाइ छ।

हालसालै भाइरल रोडको नामले लेले, टीकाभैरवको सडकलाई चिन्न सकिन्छ। विगत धेरै वर्षअघिदेखि अस्तव्यस्त सडक अहिले सामाजिक सञ्जालमा छाइरहेको छ।

उक्त सडक सामाजिक सञ्जालमा छाएको हुदाँ दिन प्रतिदिन घुम्न आउने आन्तरिक पर्यटक बढ्दो छन्। चारलेनको बाटोकै कारण लेले, टीकाभैरव सफा, सुन्दर र रमणीय देखिन थालेको हो। लेले, टीकाभैरवमा बस्ती सानो भएका कारण स्थानीय सवारी साधन कम चल्ने गर्छन्। उक्त क्षेत्रमा ढुंगा खानी प्रशस्त मात्रामा भएको हुनाले दिनमा चारपाँच सय ट्रकभन्दा बढी ढुंगा ओसारपसार हुने गरेको छ।

रात्रिकालीनमा सामान अन्यत्र पुर्‍याउने हुँदा रोडा, ढुंगा लोड गरेको टिप्पर कालोपत्रे गरेको सडकको दायाँबायाँमा लस्करै पार्किङ गर्ने गरेका छन्। जसले गर्दा टिकाउ सडक नहुने, दुर्घटनामा उच्च जोखिमजस्ता कारणले गर्दा जथाभावी पार्किङ गर्नेलाई सम्बन्धित निकायले जरिवाना तिराउने अभियान गर्नु पहिलो आवश्यकता रहेको स्थानीयवासी थापाले बताए।

त्यस्तै पहिले सडक पुनर्निमाण नहुँदा धेरै सास्ती भोगेको सुनाउँदै फैडोलका स्थानीय अर्जुन महत भन्छन्, ‘केही वर्षअघि मेरो घरमा पाहुना आउनुभएको थियो तर सडकको धुलो उडेर भान्छामा आउने गर्थ्याे। जति सफा गर्दा पनि घर कहिल्यै सफा भएन। उडेर आएको धुलोका कारण उहाँहरूले खाना नै खानु भएन। कोही पाहुना आउन नै नमान्ने बाटोको अवस्था देखेर।’ उनी थप्छन्, ‘बर्खामा हिलो र हिउँदमा धुलोले यहाँ जन्मिनु विडम्बना लाग्थ्यो तर अहिले त्यसको अन्त्य भएको छ।’

रात्रिकालीनमा सामान अन्यत्र पु¥याउने हुँदा रोडा, ढुंगा लोड गरेको टिप्पर कालोपत्रे गरेको सडकको दायाँबायाँमा लस्करै पार्किङ गर्ने गरेका छन्।

टीकाभैरव नजिकै रहेको पिआइए पार्क छ तर त्यो पार्कको संरक्षण छैन। उक्त क्षेत्रमा जथाभावी फोहोर फाल्नेलाई अब जरिवाना तिराउने नीतिको व्यवस्था हुनुपर्ने स्थानीयको माग छ। उक्त चापागाउँ लेले सडक खण्डमा बसभन्दा बढी टिप्पर चल्ने गरेका छन्। भाइरल सडक टिप्पर पार्किङ गर्ने सडक भएको छ। यसलाई व्यवस्थित गर्नलाई कुनै वैकल्पिक बाटो अपनाउनुपर्ने स्थानीयको सुझाव रहेको छ।

‘यो भाइल रोड त्यसै भएको छैन। सरकारले जनताका लागि केही गर्न नसके तापनि सरकारले गर्ने हरेक कामलाई हामीले हौसला र लगाव दिएका छौं। मैले मात्र करिब ४ आना आफ्नो जग्गा सडकलाई दिएको छुु,’ महतले भने, ‘पहिला पहिला दैनिक सडकको हिलोधुलोको दर्शन पाइन्थ्यो तर अहिले बिहान उठेपछि स्वच्छ हावा, सडकहरू सफा, सुन्दर देखिँदा मन आनन्दित हुन्छ।’

एकैनासको बाटो सातदोबाटोदेखि लेले सरस्वती कुण्डसम्म देख्न नसकिने महतले गुनासो गरे। उक्त भाइरल सडकलाई स्थानीयले दिएको गुनासोसँगै खुसी व्यक्त गर्दै उनले भने, ‘सातदोबाटोबाट लेले बसपार्कसम्म पुग्दा अधिकांश ठाउँ सफा र सुन्दर देखिएपछि दक्षिण ललितपुरको सौन्दर्य समेत बढेको छ।’

‘कतिपय स्थानीयवासीले सडकका लागि आफ्नो पैतृक सम्पत्ति दिएको ठाउँमा ठुलो बाटो बनेको छ। कतिले जग्गा नदिएको ठाउँमा २ लेनको बाटो पनि नपुग छ।

लेले, टीकाभैरव क्षेत्रभित्र सहायक सडक, सार्वजनिक शौचालय, भवन तथा भएका पार्क व्यवस्थापन हुनुपर्ने स्थानीयको माग रहेको छ। सडकमा जथाभावी फोहोर फाल्ने तथा जथाभावी सवारी पार्किङ गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्न र स्वच्छ, सफा र सुन्दर लेले बनाउने योजनालाई सफल तुल्याउन सोही ठाउँका आम मानिसको पनि भूमिका रहेको हुन्छ।

घर, पसल र समाजबाट निस्किने फोहोरहरू जताततै फ्याँक्ने प्रवृत्ति हटाउनुपर्छ। सडकको दायाँबायाँ सवारी पार्किङ गर्नेलाई नगरपालिका वा स्थानीयले नै जरिवाना तिर्ने अभियान सुरु गर्नुपर्ने आवश्यकता देखिन्छ।

एकैनासको बाटो सातदोबाटोदेखि लेले सरस्वती कुण्डसम्म देख्न नसकिने महतले गुनासो गरे। उक्त भाइरल सडकलाई स्थानीयले दिएको गुनासोसँगै खुसी व्यक्त गर्दै उनले भने, ‘सातदोबाटोबाट लेले बसपार्कसम्म पुग्दा अधिकांश ठाउँ सफा र सुन्दर देखिएपछि दक्षिण ललितपुरको सौन्दर्यसमेत बढेको छ।’

काठमाडौं उपत्यकाका प्रसिद्ध तीन सहरमध्ये ललितपुर सबैभन्दा पुरानो सहर मानिन्छ। यस सहरलाई प्राचीन कालदेखि हालसम्म समयअनुसार विभिन्न नामले चिनिँदै आएको छ, जस्तै यल, युपग्राम, ललितपत्तन, ललितापुरी, मानिङ्गल, पाटन आदि। साहित्यिक स्रोत र जनश्रुतिअनुसार ललितपुर सहर किराँतकालमा नै स्थापना भइसकेको थियो।

प्राकृतिक सम्पदा भरपुर भएको दक्षिण ललितपुर खानेपानी, स्वास्थ्य, शिक्षा र पर्यटन प्रवद्र्धनलाई उच्च प्राथमिकतामा राखेर विगत ६ वर्षदेखि काम गर्दै आएका गोदावरी नगरपालिका वडा नं. ६ का अध्यक्ष विष्णु महर्जन बताउँछन्।

‘म निर्वाचित भएर आएदेखि नै यहाँको आवश्यकतालाई पहिलो प्राथमिकता दिएको छु। लेले, टीकाभैरव सुन्दरताको खानी हो,’ उनले भने, ‘यसलाई कसरी व्यवस्थित बनाउन सकिन्छ भनेर मैले ध्यान केन्द्रित गरेको छु। यसमा सबैको साथ र सहयोग चाहिन्छ। दक्षिण ललितपुर सफा र सुन्दर छ। मात्र कमी भनेको हिलोधुलोरहित व्यवस्थित सडकको आवश्यक थियो, त्यो अहिले पूरा भएको छ। यहाँ आन्तरिक र बाह्य पर्यटक आउँछन्, व्यापार पनि फस्टाउँदै छ। अझै आफू हुर्किएको ठाउँलाई उन्नति र प्रगतिको बिन्दुमा पुर्‍याउन लागिरहेका छौं।’

राति सडकमा बत्ती, ठाउँठाउँमा सार्वजनिक शौचालय बनाउने र सहायक रोडहरू पनि व्यवस्थित गर्दै सफा, सुन्दर र पर्यटकीय स्थल बनाउने मैले सङ्कल्प लिएको छु,’ अध्यक्ष महर्जनले भने।

शौचालय, प्रतीक्षालय तथा सामुदायिक विद्यालयहरूलाई प्राथमिकतामा राख्दै सहायक सडकहरू व्यवस्थित गर्ने तथा जुनसुकै सार्वजनिक पूर्वाधारलाई अपाङ्गतामैत्री पूर्ण रूपमा व्यवस्था गर्ने वडा अध्यक्ष महर्जनले बताए।

राति सडकमा बत्ती, ठाउँठाउँमा सार्वजनिक शौचालय बनाउने र सहायक रोडहरू पनि व्यवस्थित गर्दै सफा, सुन्दर र पर्यटकीय स्थल बनाउने मैले सङ्कल्प लिएको छु,’ अध्यक्ष महर्जनले भने।

लेले–टीकाभैरव सडकखण्ड पप्पु महालक्ष्मी वल्डवाइज कम्पनीद्वारा सम्पन्न गरिएको काठमाडौं उपत्यका सडक विस्तार आयोजनाका इन्जिनियर महानन्द जोशीले बताए। उक्त सडक विस्तारमा भ्याटसहित ४० करोड स्टेटमेन्ट भएकोमा ३५ करोड ४६ लाख लागत खर्च लागेको जोशीले जानकारी गराए। 

प्रकाशित: २३ असार २०८० ०३:४३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App