समाज

गर्मीका कारण एकको मृत्यु

कोहलपुर- नेपालगन्जको अत्याधिक गर्मीमा बेहोस् भएका एक व्यक्तिको मृत्यु भएको छ। बुधबार दिउँसो पौने दुई बजे नेपालगन्जमा बेहोस् भएका भारत वहराईच वजिरपुर उत्तर प्रदेशका  २८ बर्षीय  रियाज अहमदको मृत्यु भएको बाँके प्रहरीले जानकारी दिएको छ।

दिउँसोको गर्मीमा वर्दियावाट नेपालगन्ज  आईरहेको भे१ख १५९९ नंम्बर बसमा सवारकै क्रममा उनी बेहोस् भएका थिए । एक्कासी वेहोस भएपछि उपचारको भेरी अँचल अस्पतालमा  चेकजाँच पुर्याउँदा डाक्टरले मृत्यु घोषणा गरेका थिए । अत्याधिक गर्मीमा कारण अहमदको मृत्यु भएको हुनसक्ने बताएको छ।

 

 

प्रकाशित: १० जेष्ठ २०७४ १४:३९ बुधबार

गर्मीका कारण एकको मृत्यु