समाज

अभिनेता सारुक ताम्राकार आफ्नै घरमा मृत फेला

अभिनेता सारुक ताम्राकारको निधन भएको छ। ताम्राकार गए राति काठमाडौँको रातोपुलस्थित आफ्नै घरमा झुण्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक सीताराम रिजालले जानकारी दिए। ३१ वर्षीय  ताम्राकार घरको भर्याङको रेलिङमा प्लास्टिकको पाइपको पासो लगाई झुण्डिएको अवस्थामा गए राति ११ बजे मृत फेला परेको प्रहरी उपरीक्षक रिजालले बताए।

अभिनेता सारुकले 'ईन्टु मिन्टु लण्डनमा', 'मेरी मामु', 'रानी' , 'नमरि बाचेमा' अभिनय गरेका छन् भने हाल ' ह्यासट्याग माया' माफिल्म छायांकन भैरहेको छ।

बिहिबार पनि सुटिङबाटै घर फर्किएर उनले राति आत्महत्या गरेको उनी निकट स्रोतले बताएको छ। उनी कलाकार सानुकुमार ताम्राकारका छोरा हुन्। 

प्रकाशित: २२ असार २०८० ०२:०० शुक्रबार

अभिनेता शारुक ताम्राकार आफ्नै घरमा मृत फेला