समाज

कालिकोटमा अज्ञात रोगले एकको मृत्यु, ५१ जना विद्यार्थी बिरामी

कालिकोटको रुडुमा अज्ञात रोगले कक्षा ६ मा अध्यायनरत कर्मा थापाको मृत्यु भएको छ।

रुडुकै महादेव माध्यमिक विद्यालयमा अध्यायनरत ५१ जना विद्यार्थी विरामी भएको विद्यालयका प्रधानाध्यापक भरत बहादुर सिंहले बताए।

इसिडीका १३ जना र कक्षा ५ का १६ जना विद्यार्थीको अनुहार सुनिएपछि कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठान जुम्लामा उपचार भइरहेको शिक्षक धर्मनन्द्र कोइरालाले बताए। कक्षा ३ का १८ जना विद्यार्थीले कर्णाली प्रदेश अस्पताल सुर्खेतमा उपचार गराइरहेका छन्। त्यस्तै एकजना सुर्खेतमा र दुई जनाको जुम्ला उपचार भइरहेको विद्यालयले जनाएको छ।

विद्यार्थीलाई ज्वरो आउने, टाउको दुख्ने, अनुहारमा दाग देखिने र हातखुट्टा सुनिने समस्या आएको शिक्षक कोइरालाले बताए। विद्यालयमा विद्यार्थी बिरामी परेको सूचना प्राप्त भएकाले आजै स्वास्थकर्मीको टोली प्रभावित क्षेत्र तर्फ जाने तयारी गरिरहेको स्वास्थ्य सेवा कार्यालय कालिकोटका निमित्त स्वास्थ्य सेवा ब्यवस्थापक डाक्टर संकेत बिश्वकर्माले बताए।

अहिले पनि विद्यालय बन्द नगरिएको पाइएको छ।

प्रकाशित: २१ असार २०८० १२:१३ बिहीबार

अज्ञात रोग