समाज

लिचीको दाना अड्किएर बालकको मृत्यु

सुरुङ्गा (झापा)— लिचीको दाना अड्किएर झापामा एक बालकको मृत्यु भएको छ।

मृत्यु हुनेमा कनकाई नगरपालिका–१ प्रजापति निवासी टेकनारायण बुढाथोकीका तीन वर्षीय छोरा रोशन छन्। उनी पशुपति प्राथमिक विद्यालयमा नर्सरीमा अध्ययनरत रहेको शिक्षक खेम कार्कीले जानकारी दिए। रासस

प्रकाशित: १० जेष्ठ २०७४ ०५:२७ बुधबार

लिचीको दाना अड्किएर बालकको मृत्यु