समाज

जातीय विभेदका विरुद्ध माईतीघरमा जसपाको खबरदारी

क्याप्शन

जनता समाजवादी पार्टी, नेपालले जातीय विभेदका विरुद्ध खबरदारी गरेको छ।

आज काठमाडौँको माइतीघर मण्डलामा भेला भई पार्टी र पार्टी निकट सङ्गठनहरूले खबरदारी गरेका हुन्। 

उनीहरुले जुम्लामा अन्तरजातीय विवाह गरेको विरोधमा घर जलाइएको, दाङमा डेराबाट निकालिएको लगायतका प्रतिनिधिमूलक घटनाका साथै देशभर भएका जातीय विभेदका विरुद्ध खबरदारी गरेका हुन।

उनीहरुले पीडितको घरमा राति आगो लगाएर मान्छे मार्ने योजनाअनुसार घरमा आगो लगाइएको भन्दै यस्ता घटनामा दोषीहरूमाथि कडा कारबाही हुनुपर्ने बताए। उनीहरुले यस्ता घटनामा दलितहरू मुक्तिका लागि लड्नुपर्ने बताएको छ। उनीहरुले सरकारले अमानवीय घटना हुँदासमेत बेवास्ता गरिरहेको आरोप लगाए।

उनीहरुले यो आन्दोलन सुरुवातको बिन्दु मात्रै भएकाले सरकारले बेवास्ता गरे झनै आन्दोलनका गतिविधि अघि बढाउने चेतावनी दिए। 

प्रकाशित: २० असार २०८० १२:३९ बुधबार

जातीय विभेदका विरुद्ध माईतीघरमा जसपाको खबरदारी