समाज

भरुवा बन्दुक पड्कदा मृत्यु

सल्यान- जंगली जनावरलाई मार्न पासो राखेको भरुवा बन्दुक पड्कदा त्रिबेणि गाउँपालिका–६ बस्ने ५४ बर्षीय पूर्ण बहादुर बुढाथोकीको मृत्यु भएको छ।

                सोही ठाउँ बस्ने ५६ बर्षीय बिष्णु बहादुर रावलले शनिबार राति आफ्नो तरकारी बारीमा जंगली जनावरलाई मार्न भरुवा बन्दुक लोड गरी पासो राखेकोमा आइतबार विहान बन्दुक पड्कदा बुढाथोकीको मृत्यु भएको हो।

                प्रहरीले रावललाई नियन्त्रणमा लिएर यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ।

प्रकाशित: ७ जेष्ठ २०७४ ११:२३ आइतबार

जंगली जनावरलाई मार्न पासो राखेको भरुवा बन्दुक पड्कदा त्रिबेणि गाउँपालिका–६ बस्ने ५४ बर्षीय पूर्ण बहादुर बुढाथोकीको मृत्यु भएको छ।