समाज

इटहरीको चौबाटो चोकमा टिप्परको ठक्करबाट एक महिलाको मृत्यु

तीन घण्टाभन्दा बढी इटहरीको अवस्था तनाबग्रस्त

घटनापछि आक्रोसित भएका स्थानीयकाे बिराेधमा तनावग्रस्त भएकाे बजार।<br>

इटहरीको चौबाटो चोकमामंगलबार टिपरको ठक्करबाट एक जनाको मृत्यु भएको छ। ट्राफिक र जनपथप्रहरी चोकमा डियूटीमा सक्रिय रहेका बेला टिप्परको ठक्करबाट महिलाको मृत्यु भएपछि तीन घण्टाभन्दा बढी इटहरीको अवस्था तनाबग्रस्त बन्यो।  

दिउँसो ३.४५ बजेतिर ना १ क ९१०७ नम्बरको टिप्परले को १४ प ५२६ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार महिलाको मृत्यु भएको हो। दुर्घटनामा मृत्यु हुने महिलाको पहिचानहुन सकेको छैन्। स्कुटरमा मृतकमहिला र उनकी छोरी सवार थिए।  

टिप्पर चालकले ठक्कर दिएपछि घाइते भएकी महिलालाई ब्याक गरेर महिलालाई मारेको प्रत्यक्षदर्शीले दावी गरेका छन्। दुर्घटनालगतै स्थानीयले टिप्परका चालकलाई कुटपिट गर्न थालेपछि तीचालकलाई प्रहरीले नियन्त्रणा लिएर सुरक्षाप्रदान गरेको थियो।  

घटनापछि आक्रोसित भएका स्थानीयले टिप्परमाथि ढुंगामुढा गरे। सो क्रममाप्रहरीलाई समेत ढुंगामुढा गर्न थालेपछि प्रहरीले भिड नियन्त्रणमा लिन पटकपटक लाठी चार्ज गर्दा पनि स्थानीयको आक्रोस साम्य भएन। तीन घण्टाभन्दा बढीसम्म स्थानीयले चौरास्तचोकमा ढुंगामुढा गदै बिरोध गरेकाले गर्दा स्थिती तनाबग्रस्त बनेको हो । प्रहरीले स्थितिलाई नियन्त्रणमा लिनकालागि केही राउन्ड अश्रृग्यास समेत प्रहार गरेको जनाएको छ । साँझतिर पनि स्थिती सहज बनेको कोशीप्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ।  

प्रकाशित: १९ असार २०८० १३:२५ मंगलबार

तीन घण्टाभन्दा बढी इटहरीको अवस्था तनाबग्रस्त