समाज

आज देशभर बन्दीप्रत्यक्षीकरणबाहेकका मुद्धामा बहस नहुने

नेपाल बार एसोसिएसनले आज देशभर बन्दी प्रत्यक्षीकरण बाहेकका मुद्दामा बहस पैरवी नगर्ने भएको छ। नेपाल बार एसोसिएसनले अदालतभित्रै कर्मचारी कुटेको आरोपमा कानुन व्यवसायीलाई पक्राउ गरिएको विरोधमा आज देशभर बन्दीप्रत्यक्षीकरण बाहेकका मुद्दामा बहस पैरवी नगर्ने जनाएको हो।

पक्राउ परेका अधिवक्ता अमिर लामिछानेलाई हिजै तारेखमा छाडिएको भएपनि आजको आन्दोलनको कार्यक्रम यथावत रहेको ललितपुर बार एशोसिएसनले जनाएको छ।  

बारका अध्यक्ष गोपालकृष्ण घिमिरले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा यही असार १८ गते दशैभरिका अदालतहरुमा बन्दीप्रत्यक्षीकरणका मुद्दामा बहस पैरवी  नगर्ने उल्लेख थियो।

जिल्ला अदालत ललितपुरकी कर्मचारी प्रेमिका तामाङलाई हातपात गरेको आरोपमा कानुन व्यवसायी अमिर लामिछानेलाई प्रहरीले पक्राउ गरिएको थियो। सोही विरोधमा बारले उक्त घोषणा गरेको हो। बारले थुनामा रहेका अधिवक्ता लामिछानेलाई २४ घण्टाभित्र रिहा गर्नुपर्ने, सिसी टिभी फुटेज सार्वजनिक गर्नुपर्ने, लामिछानेले दिएको जाहेरी दर्ता गर्नुपर्नेमा समेत गरेको छ।

यही असार १३ गते जिल्ला अदालत ललितपुरमा नासु तामाङलाई काम गरिरहेको अवस्थामा लामिछानेले आक्रमण गरेको भन्दै विरोधस्वरुप देशभरका अदालतका कर्मचारीहरुले आन्दोलनस्वरुप आज तीन घण्टा काम नगरी विरोध जनाएका थिए । लामिछानेविरुद्ध नासु तामाङले घटना भएकै दिन जिल्ला अदालत ललितपुरमा अदालतको अवहेलनामा कारबाही गर्न माग गर्दै निवेदन दिएपछि अधिवक्ता लामिछानेलाई पक्राउ गरिएको थियो।

प्रकाशित: १८ असार २०८० ०४:१२ सोमबार

आज देशभर बन्दीप्रत्यक्षीकरणबाहेकका मुद्धामा बहस नहुने