समाज

सहिदनगर नगरपालिकाको नयाँ प्रमुख प्रशासकीय अधिकृतमा महतो

धनुषाको सहिदनगर नगरपालिकाको नयाँ प्रमुख प्रशासकीय अधिकृतमा ओमप्रकाश महतो चयन भएका छन्।

आइतबार प्रमुख प्रशासकीय अधिकृत महतोलाई नगर प्रमुख दिनेश प्रसाद यादव र उप-प्रमुख सुनिता कुमारी सिंहले स्वागत गरेका थिए।

यसअघि प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हाल्दै आएका सावन चौधरीको सरुवा भएपछि सहिद नगरको नयाँ प्रमुख प्रशासकीय अधिकृतमा महतो हाजिर भएका हुन्।

आइतबारबाट नगरपालिकामा हाजिर भएका उनले नगरपालिकाको काम कानुनसम्मत सम्पादन हुनुपर्नेमा जाेड दिए।

उनले नगरपालिकाको शाखा प्रमुखसँग छलफल गरी हालसम्म भए गरिएका कामको जानकारी लिएका थिए। उनले नगरपालिकाबाट सम्पादन गर्नुपर्ने कामलाई चुस्त र व्यवस्थित बनाउन शाखा प्रमुखलाई  निर्देशन पनि दिएका छन्।

प्रकाशित: १७ असार २०८० १५:०१ आइतबार