समाज

तारबार लगाउन ललितानिवास पुग्यो काठमाडौँ महानगरको टोली

काठमाडौं महानगरपालिकाले बालुवाटारस्थित ललिता निवासको जग्गा तारबार गर्ने भएको छ। आइतबार महानगर प्रहरीको एक टोली बालुवाटारस्थित ललिता निवास पुगेको हो।

ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा अदालतमा मुद्दा चलिरहेका बेला आइतबार मेयर बालेन शाहले जग्गा संरक्षणका लागि नगर प्रहरी पठाएका हुन्।

अहिले ललिता निवासको जग्गा यकीन गर्ने र पछि तारबार गरिने महानगर प्रहरीले जनाएको छ।

पछिल्लो समय प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले ललिता निवास प्रकरणमा संलग्नलाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ। त्यहिबीच महानगरले उक्त क्षेत्रमा तारबार लगाउन लागेको हो।  

प्रकाशित: १७ असार २०८० ०९:१४ आइतबार

ललिता निवास काठमाडौं महानगरपालिका