समाज

४ सय जना दलित बालबालिकाले पाए विद्यालय पोसाक

पर्साको सखुवाप्रसौनी गाउँपालिका वडा नं. ५ महुवनका ४ सय  जना दलित बालबालिकाले विद्यालय पोसाक पाएका छन्। अमेरिकामा बस्दै आएका एक नेपाली दम्पतीले पर्साको ग्रामीण भेगका सामुदायिक विद्यालयमा अध्ययनरत दलित बालबालिकालाई शनिबार पोसाक वितरण गरेका छन्।

दलित प्राथमिक विद्यालय कौवाबन कटैया गाउँमा रहेको नेपाल  राष्ट्रिय आधारभूत विद्यालय र बिन्दबासनी नेपाल आधारभूत विद्यालय केहुनियाका अति विपन्न गरिब तथा जेहेन्दार ४ सय जना दलित बालबालिकालाई विद्यालय पोसाक वितरण गरिएको पिसफोर दलित फाउन्डेसन नेपाल पर्साका अध्यक्ष मनोज रामले बताए।

सेजल एन्ड सिस्टर एलएलसी  नामक संस्थाका संस्थापक मोनु खड्का र मेग सुवेदीले पठाइदिएको ३ लाख ७६ हजार आर्थिक सहयोगमा ४ सय जना दलित बालबालिकाले विद्यालय पोसाक वितरण गरिएको सहजकर्ता रामले बताए।

विदेशी भूमिमा रहेर पनि स्वदेशमा आवश्यक परेको ठाउँमा सहयोगकालागी जुटिरहने समाजसेवी दम्पतीलाई बालबालिकाका अभिभावकले धन्यवाद  दिएका थिए।

दलित बालबालिकाहरू आर्थिक अवस्थाका कमजोर भएका कारण विद्यालय छोड्न बाध्य हुने गरेकाले यस्तो अवस्थामा बालबालिकालाई शिक्षामा प्रोत्साहन गर्ने उद्देश्यले पोसाक वितरण गरिएको सहयोगी संस्थाका प्रतिनिधि सञ्जित भण्डारीले बताए।  

हाल अमेरिका बस्दै आएका समाजसेवी दम्पतीले यस अघि पनि पर्सा जिल्लाका दलित बालबालिकाको लागि विद्यालय ब्याग झोला वितरण गरेका थिए भने कोरोनाकलामा  लकडाउनबाट प्रभावित १ हजार घर परिवारलाई खाद्यान्न राहत वितरण वितरण गरेका थिए । साथै दलित बालबालिकाको लागि संचालित निःशुल्क ट्युसन कक्षा केन्द्रमा आर्थिक सहयोग, गरिब बिरामीको उपचारको लागि आर्थिक सहयोग जस्ता सामाजिक कार्यमा निरन्तर सहयोग प्रदान गर्दै आएको  पिसफोर दलित फाउन्डेसनका रामले बताए।  

कार्यक्रममा महुवन दलित प्राथमिक विद्यालयको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोरख कुमार राम सखुवाप्रसौनी गाउँपालिकाका अध्यक्ष यसवन्त यादव सहयोगी संस्थाका प्रतिनिधि सञ्जित भण्डारी , श्वेता केसी , सागर कार्की,रक्षा घिमिरे, सपना श्रेष्ठ लगायतको पनि उपस्थित रहेको थियो। 

प्रकाशित: १७ असार २०८० ०५:५४ आइतबार

पर्साको सखुवाप्रसौनी गाउँपालिका वडा नं. ५ महुवनका ४ सय  जना दलित बालबालिकाले विद्यालय पोसाक पाएका छन्। अमेरिकामा बस्दै आएका एक नेपाली दम्पतीले पर्साको ग्रामीण भेगका सामुदायिक विद्यालयमा अध्ययनरत दलित बालबालिकालाई शनिबार पोसाक वितरण गरेका छन्।