समाज

नारायणगढ–मुग्लिन सडक दुईतर्फी नै अवरुद्ध

तस्बिर : चितवन प्रहरी

नारायणगढ–मुग्लिन सडक अवरुद्ध भएको छ।चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित तीन नम्बर पुलमा गए राति  पहिरो खसेपछि सडक दुईतर्फी अवरुद्ध बनेको हो।

अहिले पहिरो पन्छाउने काम भईरहेको चितवन प्रहरीले जनाएको छ । नारायणगढ मुग्लिङ सडक अन्तर्गत ३ नम्बर पूल नजिक राती ११: ३० बजे खसेको पहिरो खुल्न लामै समय लाग्ने अनुमान गरिएको छ ।  

सोही स्थानमा गत बिहीबारदेखि पटक–पटक पहिरो खस्दा सडक अवरुद्ध हुँदै आएको छ। यो सडक हुँदै दैनिक औसतमा १० हजार सवारीसाधन आउजाउ गर्ने गर्दछन्। पटक–पटक सडक बन्द हुँदा पूर्व र पश्चिम हुँदै काठमाडौं ओहोरदोहोर गर्ने यात्रु बढी मर्कामा परेका छन्।

 

प्रकाशित: १७ असार २०८० ०२:०० आइतबार

नारायणगढ–मुग्लिन सडक दुईतर्फी नै अवरुद्ध