समाज

भरियादेखि अन्तर्राष्ट्रिय अवार्डसम्म

‘जित्ने आश भए पनि जितिहाल्छु जस्तो लागेको थिएन तर जितें। संसारभरिका उत्कृष्ट गाइडहरू भएकाले म नै जित्छु भन्ने सोचेको थिइनँ।’

नेपालमा पहिलो पटक वान्डरलस्ट वर्ल्ड गाइड अवार्ड-२०२३ (वाकिङ एन्ड आउटडोर) विधाका विजेता फुर्बा शेर्पाले पुलकित हुँदै भने, ‘३ हजारबाट ११ जनामा आउनु नै मेरा लागि ठुलो उपलब्धी थियो। एकदमै कडा प्रतिस्पर्धा भएकाले जित हासिल गरिहाल्छु भन्ने लागेको थिएन तर संसारलाई प्रमाणित गरेर जित तय गरें।’

नेपाली ट्रेकिङ गाइडले पहिलो पटक बेलायतमा स्थापित पुरस्कार वान्डरलस्ट अवार्ड जितेका हुन्। ३ हजार प्रतिस्पर्धीलाई उछिन्दै सोलुखुम्बुका ३० वर्षीय शेर्पाले देशको पर्यटन क्षेत्र र यसका सम्भावनालाई संसारले पहिचान गरेको बताए।

उनले अन्तिम ११ मा आएका सबैजना उत्तिकै अब्बल भएको उल्लेख गर्दै भने, ‘यो मेरो मात्र जित होइन, सम्पूर्ण पर्यटन क्षेत्रको जित हो। यो उपलब्धी राष्ट्रको उपलब्धी हो।’

नेपाली ट्रेकिङ गाइडले पहिलो पटक बेलायतमा स्थापित पुरस्कार वान्डरलस्ट अवार्ड जितेका हुन्। ३ हजार प्रतिस्पर्धीलाई उछिन्दै सोलुखुम्बुका ३० वर्षीय शेर्पाले देशको पर्यटन क्षेत्र र यसका सम्भावनालाई संसारले पहिचान गरेको बताए।

अवार्डमा ३ हजार प्रतिस्पर्धी मनोनयनमा भाग लिएका थिए। २ महिना अगाडि उनीसहित गाम्बिया, कोस्टारिका, इन्डिया, साउदी अरबलगायतका ११ जना प्रतिस्पर्धीहरू अन्तिम छनोटमा परेका थिए। ती सबै प्रतिस्पर्धीलाई उछिन्दै अवार्ड जित्ने पहिलो नेपाली ट्रेकिङ गाइड बने।

बाल्यकालमा फुटबल र दौडमा लगाब भएका फुर्बाले कहिल्यै पनि अन्तर्राष्ट्रिय अवार्ड जित्ने सोचेका थिएनन्। उनी सानोमा राम्रो फुटबल खेल्थे। उनी फुटबलमा जिल्ला छनोटमा समेत परेका थिए। यस्तै उनी दौडनमा पनि अब्बल थिए। सन् २०१२ देखि पर्यटन क्षेत्रमा लाग्दा उनलाई यस अवार्डका बारेमा केही ज्ञान थिएन। न त पर्यटन क्षेत्रमा स्थापित हुन्छु भन्ने नै थियो।

फुर्बाले सन् २०१८ बाट काठमाडौं बसेर काम गर्न थालेका हुन्। सुरुवाती चरणमा खुम्बु क्षेत्रबाट भरियाका रूपमा पर्यटन क्षेत्रमा प्रवेश गरेका फुर्बा सन् २०१४ सम्म पर्यटकको भरिया भएर काम गरे। त्यसपछि उनी सहायक पथ प्रदर्शक (असिस्टेन्ट गाइड) का रूपमा काम गर्न थाले। उनले असिस्टेन्ट गाइड सन् २०१८ सम्म गरे। २ वर्ष असिस्टेन्ट गाइड भएर काम गरिसकेपछि भने ५ अक्टुबर २०१८ देखि भने पूर्ण रूपमा ट्रेकिङ गाइडको भएर जिम्मेवारी सम्हाल्न थाले। त्यसपछि भने मात्र उनी काठमाडौंमा रहेर काम गर्न थाले।

बाल्यकालमा फुटबल र दौडमा लगाब भएका फुर्बाले कहिल्यै पनि अन्तर्राष्ट्रिय अवार्ड जित्ने सोचेका थिएनन्। उनी सानोमा राम्रो फुटबल खेल्थे। उनी फुटबलमा जिल्ला छनोटमा समेत परेका थिए।

काम गरेको ८ वर्षपछि उनी पहिलो पटक विजेता भएका हुन्। त्यो पनि अन्तर्राष्ट्रिय अवार्ड विजेता। संसारभरिका ३ हजार प्रतिस्पर्धीलाई उछिनेर जित हासिल गरेका उनले भने, ‘अवार्ड मेरो करिअरको पहिलो र प्रभावशाली उपलब्धि हो।’ उनले थपे, ‘एकदम गर्व महसुस गरेको छु। मैले यो क्षेत्रमा धेरै दुःख र संघर्ष गरेको छु। वर्षाैंकाे मेरो पेसाप्रतिको कडा मेहनत र लगनशीलताको परिणामका रूपमा मैले यो अवार्डलाई लिएको छु।’

लाजिम्पाटस्थित हिमालयन इन्काउन्टर प्रालि/इन्टरपिड डिएमसी नेपाल कम्पनी इन्टरपिक ट्राभलमा कार्यरत फुर्बाले भने, ‘कामप्रतिको मेरो मेहनत र लगनशीलता देखेर नै मलाई लाग्छ क्लाइन्टहरूले संसारभरिबाट मलाई भोटिङ गर्नुभयो। मलाई जतिले भोटिङ दिनुभएको छ उहाँहरूले म, कम्पनी र मेरो देशको रिभ्यु राम्रो दिनुभएको छ।’ उनले थपे, ‘केही पनि कुरा तत्काल प्राप्त गर्न सकिँदैन। त्यसका लागि निरन्तरता, लगाव र मेहनत चाहिन्छ। मैले यसमा कहिल्यै कन्ज्युस्याइँ गरिनँ।’

आफू र आफ्नो कम्पनीप्रति विश्वास गरेर विश्वभरिका क्लाइन्टहरूले भोटिङ गरेर विजेता बनेको उनले बताए। शेर्पाले मुख्यतया सगरमाथा र अन्नपूर्ण एरियामा पर्यटकहरूलाई गाइड गर्छन्। उनले सगरमाथा र अन्नपूर्ण क्षेत्रका सबै स्थानमा गाइड गरेका छन्। एभरेस्ट आधार शिविर, गोक्यो, खोङमा ला, चो ला, रेन्जो ला पास, नाम्चे, अन्नपूर्ण सर्किट, अन्नपूर्ण बेस हाई अल्टिच्युड स्थानहरूमा उनले गाइडको काम गर्छन्।

लाजिम्पाटस्थित हिमालयन इन्काउन्टर प्रालि/इन्टरपिड डिएमसी नेपाल कम्पनी इन्टरपिक ट्राभलमा कार्यरत फुर्बाले भने, ‘कामप्रतिको मेरो मेहनत र लगनशीलता देखेर नै मलाई लाग्छ क्लाइन्टहरूले संसारभरिबाट मलाई भोटिङ गर्नुभयो।

उनले सामाजिक सञ्जालमार्फत अवार्डबारे जानकारी पाएपछि फारम भरेका थिए। ‘म सकेसम्म आफूलाई अपडेट गर्ने प्रयास गरिरहेको हुन्छु। सोही क्रममा मैले सामाजिक सञ्जालको माध्यम र आफू संलग्न कम्पनीका दाइहरूले अवार्डमा भाग लिएकाले पनि यस पुरस्कारबारे केही हदसम्म परिचित थिएँ।’ उनले भने, ‘अघिल्लो वर्षहरूमा अवार्डमा भाग लिएका दाइहरू मनोनयनमा परेपछि मलाई पनि कुनै बेला यसमा भाग लिन्छु भन्ने थियो। यसैक्रममा मैले गत वर्षको अन्त्यतिर प्रतिस्पर्धामा भाग लिएँ र अवार्ड हात पारें।’

गत बिहीबार रातीको करिब ११ः३० बजे उनलाई विजेता घोषणा गरिएको थियो। साथीहरूसँग बसेर परिणाम कुरेका उनले विजेता भएपछि खुसीले रातभर निदाउन नसकेको बताए।

हिमालै हिमालले सजिएको देश नेपालमा हाई अल्टिच्युड ट्रेक अन्तर्राष्ट्रिय पर्यटकको सबैभन्दा उत्कृष्ट गन्तव्य हो तर हाई अल्टिच्युड भेगहरू प्रशस्त भएर मात्र हुँदैन, त्यससँग जोडिएका विकास, सुरक्षा र संवेदनशीलताका विषय पनि उत्तिकै महत्वपूर्ण हुन्छ। उनले भने, ‘नेपालजस्तो हाई अल्टिच्युड ट्रेक संसारका अन्य देशमा सायदै छन्।

यस अवार्डले नेपाल हाई अल्टिच्युड ट्रेक गर्न सुरक्षित गन्तव्य हो भन्ने सन्देश विश्वभरि फैलिएको छ। नेपालको गाइड सबैभन्दा उत्कृष्ट छन् भन्ने प्रमाणित गरेको छ र त्यसको कारण आफू बन्नु जस्तो गविलो र खुसीको कुरा मैले अहिलेसम्म महसुस गरेको छैन।’

उनले पर्यटकलाई घुमाउने मात्र नभएर उनीहरू घुम्ने समुदाय, संस्कृति, सामाजिक मूल्यमान्यता, रहनसहन, भाषाशैलीका बारेमा सचेत थिए। गाइड गर्ने क्रममा उक्त पक्षहरूलाई उनले सदैब सम्मानित र संवेदनशील भएर प्रस्तुत गर्थे। उनले पर्यटकहरूले ग्रहण गर्ने सन्देशले देशको पर्यटन उद्योग निर्धारण गर्छ भन्ने राम्रो ज्ञान थियो। उनले सामाजिक पक्षका साथै उनको वातावरणीय पक्ष, जलवायु परिवर्तनका कुरालाई पनि सदैव आत्मसाथ गरेर गाइड गर्ने काम गर्थे। उनका यिनै पक्षहरू अरूभन्दा पृथक् र प्रभावकारी भएका कारण नै आफूले अवार्ड जितेको लागेको छ।

गत बिहीबार रातीको करिब ११ः३० बजे उनलाई विजेता घोषणा गरिएको थियो। साथीहरूसँग बसेर परिणाम कुरेका उनले विजेता भएपछि खुसीले रातभर निदाउन नसकेको बताए।

नेपाल भ्रमण गरेका पर्यटकले प्रतिस्पर्धीमा संलग्न संसारभरिका गाइडहरूलाई भोट गर्छन्। मनोनयनमा परेपछि टप फाइनलिस्टमा पुग्न पनि भोटबाट नै तय हुन्छ। त्यसपछि भने वान्डरलस्ट वर्ल्ड गाइडका जुरी सदस्यले विजेता छान्छन्।  सन् २००५ मा युकेमा स्थापना भएको यस अवार्डले पर्यटन क्षेत्रमा महत्वपूर्ण भूमिका खेलेको छ। यस संस्थाले प्रचारप्रसार नभएका संसारभरिका गाइड तथा टुर लिडरहरूको पहिचान गर्छ।

प्रकाशित: १६ असार २०८० ०१:०० शनिबार

अक्षर