समाज

मेहेले पहिरो प्रभावितलाई इन्द्रेणीको सहयोग

कलाकार कृष्ण कडेंल नेतृत्वको इन्द्रेणी टोली सहयोग रकम समेत लिएर ताप्लेजुङको पहिरो प्रभावित क्षेत्र सिदिङ्वा गाउँपालिका पुगेको छ।

सिदिङ्वा गाउँपालिका वडा नं ६ मेहेले र वडा नं ३ आङ्खोपका पहिरो पीडित १३ घर परिवारलाई इन्द्रेणी टोली ४ लाख २० हजार रकम हस्तान्तरण गरेको कडेंलले जानकारी दिए।

यो टोलीले मेहेलेका पहिरो प्रभावित बासिन्दाहरुसंग साक्षात्कार समेत गरेको स्थानीय राजेश कडेंलले बताए। यसअघि ताप्लेजुङ सरोकार केन्द्रको समन्वयमा इन्द्रेणीको कार्यक्रम रेकर्डिङ स्थल काठमाडौंमा बाढी पहिरो पीडितको सहयोगार्थ सांगीतिक कार्यक्रम समेत भएको थियो।  

गत असार २ र ४ गतेको बाढी र पहिरोबाट ताप्लेजुङको सिदिङ्वा,सिरिजङ्गा,आठराई त्रिबेणी, मेरिङदेन, पाथीभरा याङ्वरक गाउँपालिकाका बिभिन्न क्षेत्र बाढी र पहिरोबाट प्रभावित छन्। सिदिङ्वाको मेहेलेमा बाबुछोरा सहित ३ जनाको मृत्यु भएको छ भने एकाघरका ३ जना बेपत्ता छन्।

पहिरोले बगाएको ७ दिन सम्म पनि बेपत्ता परिवारका सदस्य पत्ता नलागेपछि भेटिने आसा गुमाएका मेहेले भालुखोपका यादव बुढाक्षेत्रीको घरपरिवारले श्रीमति भगिमायाँ,बुहारी सन्ध्या र नाति प्रज्जवलको शवको कुस बनाई दाहासंस्कार गरेर काजक्रिया थालेका छन्।  

प्रकाशित: १४ असार २०८० ०७:३६ बिहीबार

कृष्ण कडेंल इन्द्रेणी टोली