समाज

सुविधा सम्पन्न भवन समयमै नबन्दा जुम्ला प्रहरीलाई समस्या

जुम्ला प्रहरीको अलपत्र भवनको तस्बिर गोल्डेन बुढा जुम्ला ।

नागरिकलाई शान्ति सुरक्षा दिनुपर्ने प्रहरी आफैं असुरक्षित अवस्थामा कार्यसम्पादन गरिरहेका छन्।जुम्लाको सदरमुकाममा खलंगामा अवस्थित जिल्ला प्रहरी कार्यालय जुम्लामा कार्यरत प्रहरी भवन र आवश्यक बन्दोबस्तीका सामानको अभाव छ। जनताको सुरक्षाका लागि खटिएका प्रहरी नै असुरक्षित छ। जीर्ण भवनबाट सेवा दिनुपर्ने बाध्यता रहेको प्रहरी अधिकारी बताउँछन्।

जुम्लामा जिल्ला प्रहरी कार्यालयको भवन लामो समयदेखि जिर्ण छ। प्रहरी जीर्ण भवनमा बस्न बाध्य छ। साँघुरो भवनमा कोचिएर बसेका छन्। भवन सांँघुरो र जीर्ण हुँदा बसाइमा एकदमै समस्या भएको प्रवक्ता तथा सूचना अधिकारी धर्जारा जोशीले बताए। उनले भने, 'नयाँ भवन निर्माणधिन अवस्थामा छ, तर अलपत्र छ।'

निर्माणधिन नयाँ भवनलाई सु -सम्पन्न गर्नका लागि माथिल्लो निकायमा पटकपटक माग गर्दा पनि सुनुवाइ नभएको प्रहरीको भनाइ छ। भवन साँघुरो हुँदा सुुत्न, खाना पकाउन, खानेपानीको उचित व्यवस्थापन, शौच गर्न, विभिन्न प्रकारका फाइलहरु राख्न हतियार थन्क्याउन र अन्य आवश्यक बन्दोबस्तीका सामान ल्याएर राख्न समस्या भएको सूचना अधिकारी जोशीले बताए।  

कार्यालयमा हिरासतसमेत राम्रो छैन। हिरासत कोठा राम्रो नहुँदा विभिन्न अपराधमा संलग्न र आरोपमा पक्राउ गरी ल्याएकालाई राख्न समस्या हुने गरेको प्रहरीको गुनासो छ।  

'जिर्ण भवनका कोठाहरुका भित्ता फाटेका छन्, जस्ता खिया लागेर काम नलाग्ने भइसकेको छ त्यहाँ कार्यरत प्रहरीहरुभन्छन्, प्रहरीका लागि भवन, हतियार थन्क्याउने अलग्गै कोठा नहुँदा तनावमा छ। समय मिलाएर हतियार बाहिर घाममा ल्याइ सुकाउने गर्नुपर्ने अवस्था छ।'

यता जिल्ला प्रहरी कार्यालय जुम्लाको निर्माणाधीन पक्की भवन ५ वर्षदेखि अलपत्र भएको छ। १० वर्ष सशस्त्र द्वन्द्वकालमा क्षतिग्रस्त जिल्ला प्रहरी कार्यालयको भवन बजेट अभावले निर्माणधीन अवस्थामै रोकिएको छ। २०७६ जेठ २९ देखि भएर २०७७ जेठ २८ गते सम्पन्न हुने गरी सम्झौता भएको थियो। भवन ५ वर्ष बितिसक्दा समेत बनेको छैन।भवनमा कार्यालय भवन, व्यारेक, हिरासत कक्ष, कार्यालय प्रमुख निवास, मेस, शौचालय तथा खानेपानीको ट्यांकी, खेलमैदानलगायत आवश्यक पूर्वाधार निर्माण हुने स्टिमेटमा उल्लेख छ।

कर्णाली प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयद्वारा ५ करोड ४५ लाख ९१ हजारमा ठेक्का भएको थियो। भवनको ठेक्का एम. के. देवसिंह जे.भी. धनगढी कैलालीको नामक कम्पनीले पाएको हो, ठेक्का परेको निर्माण व्यवसायीको प्रतिनिधीको जुम्लाको चन्दननाथ नगरपालिका (२ का कृष्ण बहादुर स्वाँरले पाएका थिए।  

प्रकाशित: १३ असार २०८० ०३:१५ बुधबार

सुविधा सम्पन्न भवन समयमै नबन्दा जुम्ला प्रहरीलाई समस्या