समाज

अदालतको अवहेलना मुद्दामा सर्वोच्चले मेयर बालेनसँग माग्यो लिखित जवाफ

फाईल तस्बिर

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहसँग अदालतको अवहेलनासम्बन्धी मुद्दामा सर्वोच्च अदालतले  लिखित जवाफ मागेको छ।

मेयर शाह विरुद्ध अधिवक्ता वर्षाकुमारी झाले दिएको निवेदनमा न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले आज लिखित जवाफ मागेको हो।

उच्च अदालत, पाटनले भारतीय चलचित्र प्रदर्शन नरोक्न आदेश दिएपछि काठमाडौं महानगर पालिक बालेनले सार्वभौमिकता र स्वाधिताको सवालमा कुनै कानुन र अदालतलाई नमान्ने बताएका थिए। 

प्रकाशित: १२ असार २०८० १२:४८ मंगलबार

अदालतको अवहेलना मुद्दामा सर्वोच्चले मेयर बालेनसँग माग्यो लिखित जवाफ