समाज

पन्ध्र दिनको पर्यटक भिसामा नेपाल आइपुगे ज्याक मा

अलिबाबाका संस्थापक ज्याक मा नेपाल आएका छन्। ज्याक मा मंगलबार दिउँसो साढे २ बजे उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन्।

उनी बंगलादेशबाट भीटीसी एमए चार्टर फ्लाइटमा विमानस्थलमा अवतरण गरेका अध्यागमन विभागका सूचना अधिकारी खिमराज भुसालले जानकारी दिए।

भुसालले भने,'१५ दिनको पर्यटक भिसामा उहाँ नेपाल आउनु भएको हो। उहाँसँगै ६ जना पुरुष र एक महिला गरी सात जना नेपाल आउनु भएको छ। के को लागि नेपाल आउनु भएको हो भन्ने कुरा खुलाइएको छैन।'

उनी चीनबाट बंगलादेशको राजधानी ढाका हुँदै काठमाडौं आइपुगेका हुन्।

प्रकाशित: १२ असार २०८० १०:२२ मंगलबार

अलिबाबा ज्याक मा