समाज

राउटेको उपचार र कुलपूजाका लागि सहयोग

काठमाडौं-  दैलेखको आगलागीमा परी उपचारमा रहेका राउटे कपिल शाहीको उपचार र राउटेहरुको कुलपूजाका लागि प्रधानमन्त्री कार्यालयले पाँच लाख रुपैया सहयोग गरेको छ।

प्रधानमन्त्री पुष्पकमल दाहालको निर्देशनपछि प्रधानमन्त्री कार्यालयले पाँच लाख रुपैया सहयोग गरेको हो। १२ वर्षको एकपटक गर्ने राउटेहरुको महाकुल पूजा र उपचाररत शाहीको उपचारका लागि सरकारले सहयोग गरेको हो ।

अघिल्लो पुसको पहिलो साता अछामको पिडलतडामा आगो ताप्ने क्रममा कपिल शाही जलेका थिए। आगोले उनको पाखुरा, ढाड र पेट लगेको थियो । जलेको एक वर्षपछि शाही उपचारका लागि राजी भएपछि उनलाई काठमाडौं ल्याइएको छ ।

 

 

प्रकाशित: २६ वैशाख २०७४ ०८:०६ मंगलबार

राउटेको उपचार कुलपूजाका लागि