समाज

चट्याङ लागेर दुई जनाको मृत्यु

उदयपुर- मंगलबार बिहान परेको चट्याङ लागेर दुई जनाको निधन भएको छ। वर्षासँगै चट्याङ पर्दा जिल्लाको पश्चिमी कटारी नगरपालिका ११ हर्देनीका ४७ वर्षीय भेषराज खत्रीको घरमै निधन भएको प्रहरीले जनाएको छ। त्यसको केहीबेरमै अर्को ठाउँ सोही वडाको गहुँबारीमा परेको चट्याङले ५५ वर्षीय वलबहादुर बस्नेतको निधन भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।

बिहानैदेखि मौसम बद्ली भई वर्षा हुन सुरु गरेसँगै गड्याङगुडुङ गर्दै चट्याङ पर्दा केहीमिनटकै फरकमा उनीहरुको निधन भएको स्थानीयलाई उद्धृत गर्दै जिल्ला प्रहरी प्रमुख एसपी नरबहादुर केसीले बताए। केसीका अनुसार दुवै जनाको घट्नास्थलमै निधन भएको हो। दुवैको शव पोष्टमार्टमका लागि कटारी अस्पताल ल्याउने तयारी भइरहेको प्रहरीको भनाइ छ।

प्रकाशित: २६ वैशाख २०७४ ०५:१० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App