समाज

गुण्डा नाइके दीपक मनाङे पक्राउ

काठमाडौं- गुण्डा नाइके दीपक मनाङे पक्राउ परेका छन्। निर्वाचको सुरक्षामा खलल पुर्‍याउन सक्ने सम्भावना भएकोले उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।

उनलाई प्रहरीले ठमेलबाट पक्राउ गरेको हो।

‘निर्वाचन सुरक्षालाई ख्याल गर्दै उनलाई पक्राउ गरिएको हो’, महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी छविलाल जोशीले भने।  

प्रकाशित: २४ वैशाख २०७४ १४:५६ आइतबार

गुण्डा नाइके दीपक मनाङे पक्राउ