समाज

पाँचथरको हेंवाखोलामा हिम पाइप राखेर अस्थायी पुल निर्माण गर्ने तयारी

पानीको बहाव केही कम भएपछि पाँचथरको हेंवाखोलामा हिम पाइप राखेर अस्थायी रुपमा सवारी आवागमन सुरु गर्ने विकल्प अघि सारिएको छ । पाँचथरका प्रहरी प्रमुख(डिएसपी)हरि खतिवडाले खोलामा हिम पाइप राख्ने क्रम सुरु भएको बताए ।

‘सम्भवत आजैदेखि हिम पाइप मार्फत राखेर सवारी आवागमन सुरु गर्न सकिने सम्भावना छ’डिएसपी खतिवडाले भने । गत असार २ गते राति आएको बाढीले हेंवाखोलामा रहेको मोटरेवल पुल बगाएको थियो । 

तमोर कोरिडोर अन्तर्गत माझी टारमा रहेको बेलिब्रिज समेत बगाएपछि ताप्लेजुङ र पाँचथरको तल्लो भागमा पूर्वी तराईसँगको सम्पर्क विच्छेद भएको छ । यसअघि पनि हेंवाखोलामा हिम पाइप राखेर अस्थायी रुपमा सवारी आवागमन सुरु गर्ने योजना बने पनि खोलामा पानीको सतह कम नभएपछि यो प्रयास सफल हुन सकेको थिएन । 

डिएसपी खतिवडाले हेंवाखोलामा फड्के पुल थापेर मानिसहरुको आवागमन भने सहज हुन थालेको बताए । हेंवाखोलामा बेलिब्रिज निर्माणको कार्य भइरहेको छ । बेलिब्रिज निर्माण पूरा नभइन्जेल सम्म खोलाको पानीको बहाव अहिले भन्दा नबढे हिम पाइप राखेर पनि साना तथा मझौला सवारीको आवतजावत गर्न सकिने सम्भावना रहेको छ। 

प्रकाशित: ९ असार २०८० ०६:३० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App