समाज

‘असल नागरिक बनौं’ भन्ने तालिममा सहभागी सबै दीक्षित भए

गणेशमान सिंह फाउन्डेसनद्वारा आयोजित असल नागरिक बनौं भन्ने तालिममा सहभागी भएका १८ जना युवाहरू सबै दीक्षित भएका छन। 

फाउन्डेसनले युवा असल नागरिक बनुन् भन्ने उदेश्य सहित संचालन गरेको यो तालिम ११ दिन सम्म चलेको थियो।

तालिममा युवाहरूलाई  नैतिकता र  राजनीतिमा युवाको अनिवार्य सहभागिता ,समाजसेवा र भोलेन्टियलिज्म,राजनीतिक व्यवस्था र मानव अधिकार ,पत्रकारिता र संचारको महत्व र वक्तृत्वकला, उद्घोषण एवं सार्वजनिक भाषणका बारेमा प्रशिक्षकहरूले जानकारी दिएका थिए।

त्यसैगरी तालिममा सहभागी युवाहरूलाई कूटनीति, अन्तर्राष्ट्रिय सम्बन्ध र रेमिटेन्स,विकास ,अर्थतन्त्र र सामाजिक दायित्व  र शान्ति र सद्‌भाव प्रवर्धनका बारेमा पनि प्रशिक्षकहरूले जानकारी दिएको आयोजक गणेशमान सिंह फाउन्डेसन कार्यालय सचिव  दिलिप श्रेष्ठले जानकारी दिएका छन।

 तालिममा सहभागी युवाहरूलाई प्रमाणपत्र वितरण गर्दै फाउन्डेसनका कार्यकारी अध्यक्ष एवं प्रतिनिधिसभाका  सदस्य प्रकाशमान सिंहले यस तालिमले युवाहरुको सिप विकासमा महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास लिएको जानकारी गराए। 

प्रकाशित: ८ असार २०८० ११:२५ शुक्रबार

‘असल नागरिक बनौं’ भन्ने तालिममा सहभागी सबै दीक्षित भए