समाज

नागरिककर्मी दास सम्मानित

महोत्तरी- शिक्षाविद् रामइवाल सिंह पत्रकारिता पुरस्कारबाट नागरिककर्मी महेशकुमार दास सम्मानित भएका  छन्।

विश्व प्रेस स्वतन्त्रता दिवस (मे ३) को अवसर पारेर नेपाल पत्रकार महासंघ महोत्तरी शाखाले आयोजना गरेको पुरस्कार वितरण समारोहमा जिल्लाको विकासमा पत्रकारिताको क्षेत्रबाट योगदान दिएको भन्दै नागरिककर्मी दासलाई कदरपत्र सहित दोसल्ला ओढार पाँच हजार राशिको पुरस्कारले सम्मान गरिएको हो।

उनी संगै राससका गौशाला समाचारदाता संजितकुमार मण्डल , जलेश्वर साप्ताहिकका अजयकुमार सिंह , रेडियो जलेश्वर नाथ एफएमका गोपाल झा र अन्नपूर्ण पोष्ट दैनिकका महोत्तरी समाचारदाता राजकरण महतोलाई समेत सोहि पुरस्कारबाट सम्मानि गरिएको छ।

२०६६ सालमा शिक्षा विद सिंहको स्मृतिमा उनको छोरा लवकुमार सिंहले वर्षेनी जिल्लाको समग्र विकासमा पत्रकारिताको माध्यमले उत्कृष्ट काम गर्ने पत्रकारलाई सम्मानि गरेर प्रोत्साहित गर्ने उद्देश्यले शिक्षविद् रामइकवाल सिंहपत्रकारिता पुस्कार स्थापना गरेको थियो।

प्रकाशित: २० वैशाख २०७४ १३:४० बुधबार

नागरिककर्मी दास सम्मानित