समाज

ट्रकको ठक्करबाट एककाे मृत्यु

नवलपरासी– पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको मध्यविन्दुमा साेमबार ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ।

पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ना ६ ख ३७७९ नम्बरको ट्रकले बाटामा ठेला लिएर हिँडिरहेका सोही ठाउँ निवासी अन्दाजी ४० वर्षीय सागर पोख्रेलको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

घटना मध्यविन्दु नगरपालिका–११ अरुणखोला पुल नजिकै भएको प्रहरीले जनाएको छ। ठक्कर दिने ट्रक र चालक प्रहरीको नियन्त्रणमा छन्। रासस

प्रकाशित: १९ वैशाख २०७४ १०:५० मंगलबार

ट्रकको ठक्करबाट एककाे मृत्यु