समाज

लागूऔषध सहित जुम्लाबाट तीन पक्राउ

जिल्ला प्रहरी कार्यालय जुम्लाले लागूऔषध सहित तीन जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा जुम्लाको तिला गाउँपालिका-२ घर भई हाल चन्दननाथ नगपालिका-४ भारतीवाडा कोठा भाडामा बस्ने अन्दाजी वर्ष २६ का प्रकाश बोहरा, जुम्लाको कनकासुन्दरी गाउँपालिका-२ बस्ने अन्दाजी वर्ष २३ का खुम बहादुर रावत हुन्। उनिहरुलाई बुधबार पक्राउ गरिएको हो।

शङ्कास्पद लाग्दा चेकजाँच गर्ने क्रममा लागूऔषध ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ फेला परेको डिएसपी प्रह्लाद कार्कीले बताए।

सोधपुछको क्रममा उनिहरुले उक्त लागूऔषध जुम्लाको चन्दननाथ नगपरपालिका- ५ बस्ने  अन्दाजी वर्ष २२ का मनोज सुनारबाट किनेको सुनाएपछि सुनारलाई समेत पक्राउ गरिएको प्रहरीले जनाएको छ।

उनीहरूलाई प्रहरी सहायक निरीक्षक कुल बहादुर रोकायको नेतृत्वमा खटिएको टोलीले पक्राउ गरेको हो।

प्रकाशित: ७ असार २०८० १५:५१ बिहीबार