समाज

महानगरले रोकेको शैक्षिक मेला भोलि देखि पुनः सञ्चालन हुने

काठमाडौं महानगरपालिकाले रोकेको ८ औं हिसान एडु फेयर असार ८ गतेबाट पुनः सञ्चालन हुने भएको छ।

बिहीवार काठमाडौंमा पत्रकार सम्मेलन गरी आयोजकले यसबारेमा जानकारी गराएको हो। 

पत्रकार सम्मेलनमा बोल्दै हिसान एडुफेयरका संयोजक टंकराज आचार्यले शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको स्वीकृति प्राप्त गरी जेठ ३२ गतेदेखि असार ३ गतेसम्म भृकुटीमण्डपमा आयोजित शैक्षिक मेला काठमाडौं महानगरका तर्फबाट गैरकानूनी ढंगले अवरोध सिर्जना गरी बाधा पुर्‍याएपछि कानूनी प्रक्रियामा गइ उच्च अदालत पाटनका तर्फबाट मेला सञ्चालन गर्न अनसमपत दिएसँगै मेला सञ्चालन गर्न लागेको बताए।

उनले मेलामा विद्यार्थी, अभिभावक र सरोकारवालाहरुले नेपालका प्रतिष्ठित शिक्षालय र गुणस्तरीय शिक्षाबारे परामर्श लिनसक्ने बताए। 

गत जेठ ३२ गते सञ्चालन भएको मेला काठमाडौं महानगरपालिकाले अनुमति नलिइकन सञ्चालन गरेको भन्दै बन्द गराएको थियो। 

प्रकाशित: ७ असार २०८० १२:२३ बिहीबार