समाज

महाअभियोग प्रस्तावविरुद्ध राजधानीमा प्रदर्शन

काठमाडौं- प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध लगाइएको महाभियोग प्रस्तावविरुद्ध नागरिक सञ्जाल एवं पार्टीहरुले राजधानीमा विरोध र्‍याली प्रदर्शन गरेका छन्। राजधानीको माइतीघरबाट सुरु भएको विरोध र्‍याली बानेश्वरतर्फ अघि बढेको छ। निषेधित क्षेत्रको अवज्ञा हुन नदिन नयाँ वानेश्वरमा बाक्लै प्रहरी तैनाथ गरिएको छ।

‘आइजीपीभन्दा ठूलो देश हो। चुनावको मुखमा आएर प्रधान्यायाधीशजस्तो व्यक्तिलाई महाभियोग लगाउन मिल्दैन,’ उनले भने ।

र्‍यालीमा रवीन्द्र मिश्र नेतृत्वको साझा पार्टी, विवेकशील नेपाली दल, सुशासनका लागि नागरिक अभियान सञ्जाल, महिला मानवअधिकार रक्षकहरुको राष्ट्रिय सञ्जाल र फ्रिल्यान्स युथ मुभमेन्टका सदस्यहरु सहभागी छन्।

र्‍याली सुरु हुनुअघि साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले सूचना लुकाएर सरकारले जनता झुक्याएको अरोप लगाए। प्रधानन्यायाधीश कार्कीलाई महाभियोग लगाएर जनता झुक्याउन नमिल्ने उनको तर्क थियो। ‘आइजीपीभन्दा ठूलो देश हो। चुनावको मुखमा आएर प्रधान्यायाधीशजस्तो व्यक्तिलाई महाभियोग लगाउन मिल्दैन,’ उनले भने ।

नेकपा एमाले सम्बद्ध संघसंस्थाले पनि नयाँ बानेश्वरस्थित संसद भवनअगाडि विरोध प्रदर्शन गरिरहेका छन् ।

प्रकाशित: १८ वैशाख २०७४ १०:२४ सोमबार

महाअभियोग प्रस्तावविरुद्ध राजधानीमा प्रदर्शन