समाज

सुख्खा पहिरोले अवरुद्ध नारायणगढ-मुग्लिङ सडक सञ्चालनमा

सुख्खा पहिरो खसेपछि सडक अवरुद्ध भएको नारायणगढ-मुग्लिङ सडक खण्ड सञ्चालनमा आएको छ।

दुई घण्टा लगाएर पहिरो हटाएपछि अहिले दुई तर्फी नै सवारी साधन गुड्न थालेको चितवन प्रहरीले जानकारी दिएको छ।

बुधबार दिउँसो १: ५० को समयमा खसेको पहिरो ३: ५५ बजेको समयमा हटाएर सकिएको थियो।

इच्छाकामना गाउँपालिका ६ नम्सिपुल स्थित माथिबाट राजमार्गमा सुक्खा पहिरो खस्दा दुई तर्फी नै सडक अवरुद्ध भएको थियो। यहाँ पटक पटक सुक्खा पहिरो खस्दा सडक अवरुद्ध हुँदै आएको छ।

प्रकाशित: ६ असार २०८० ११:०४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App