समाज

पहिरोले नारायणगढ–मुग्लिन सडक खण्ड अवरूद्व

नारायणगढ-मुग्लिङ सडक खण्डमा सुक्खा पहिरो खसेपछि सडक अवरुद्ध भएको छ।

इच्छाकामना गाउँपालिका ६ नम्सिपुल स्थित माथिबाट राजमार्गमा सुक्खा पहिरो खस्दा दुवै तर्फी सडक अवरुद्ध भएको हो।

दिउँसो १:५० बजेको समयमा खसेको पहिरो हटाउने काम जारी रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। यहाँ पटक पटक सुक्खा पहिरो खस्दा सडक अवरुद्ध हुँदै आएको छ।

प्रकाशित: ६ असार २०८० ०८:५१ बुधबार

नारायणगढ–मुग्लिन सडक