समाज

मेलम्चीको पानी बग्ने पाइपमाथि फस्यो १२ चक्के ट्रक

सूर्यविनायक नगरपालिका सृजनानगर चोक नजिकै सडकमा फसेको १२ चक्के ट्रक। तस्बिरः विश्वमणि पोखरेल

भक्तपुर– काठमाडौं उपत्यका खानेपानी लिमिटेड(केयुकेएल)ले मेलम्चीको पानी ल्याउने पाइप छ्यिाउन खको खाडल राम्ररी नपुर्दा शुक्रबार एक मालबाहक ट्रक फसेको छ।

सूर्यविनायक नगरपालिका सृजनानगर चोक नजिकै सडकमा १२ चक्के मालबाहक ट्रक फसेको हो। उक्त सडक खण्डमा राम्ररी सडक नपुर्दा शुक्रबार बिहान गाडी फसेको चालक सन्दीप श्रेष्ठले बताए । ‘कुनै सूचना पनि थिएन, सडक राम्रो ठानेर आइरहेको थिए,, गाडी फस्यो,’ उनले भने।

सामान र गाडी गरेर करिब ३१ टन लोड रहेको उनले बताए। गाडी फसेपछि आफ्नो दिनभरिको कमाई गुमेको, गाडी त्यत्तिकै थन्किएको, गाडीमा रहेका मकैका बोरा अर्को गाडीमा पल्टी गराउनु पर्ने झण्झट रहेको उनले गुनासो गरे । फसेको गाडी झिक्दा करिव १५, २० हजार अनावश्यक खर्च थपिएको उनले बताए ।
 

 

मेलम्चीको पानी बग्ने पाइपमाथि फस्यो १२ चक्के ट्रक