काठमाडाैं– हिउँ बेपत्ता भर्इ ४७ दिनपछि जीवितै उद्दार गरिएका ताइवानी युवकले अाफ्नाे जन्म दिन अस्पतालमै मनाएका छन् ।
ताइवानी युवक लियान सेङ यूले अाफू उपचाररत काठमाडाैंस्थित ग्रान्डि अन्तर्राष्ट्रिय अस्पतालमा अाफ्नाे २२ अाैं जन्म दिन शुक्रबार मनाएका हुन् । पर्यटन राज्यमन्त्री परशुराम तामाङले उनलार्इ अस्पतालमै पुगेर जन्मदिनकाे शुभकामना दिएका थिए। बेपत्ता भएको ४७ दिनपछि भेटिएका उनले बेपत्ता हुँदाकाे अनुभव पनि उनले सञ्चारकर्मीहरलार्इ सुनाएका थिए।
ताइवानी युवक लियान र लिउ चेन युन फागुन अन्तिम साता उत्तरी धादिङको रुप भ्यालीबाट लाङटाङ जाने क्रममा त्याग्रेभीरबाट चिप्लिएर करिब २ सय मिटर तल खाल्डोमा खसेर अलपत्र परेकाे अवस्थामा बुधबार उद्धार टाेलीले भेटेकाे थियाे । खाल्डाेमा खसेका लिउ चेन युनको भने शव मात्र फेला परेकाे थियो ।
ताइवानको नेशनल डोङ हृवा युनिभर्सिटीका विद्यार्थी लियान सेङ यू र लिउ चेन युन भारत हुँदै नेपाल आएका थिए । उनीहरु मार्च ९ मा उत्तरी धादिङ पुगेका थिए।
हर्नुहाेस् केशव थाेकरले खिचेका फाेटाे र भिडियाेः