समाज

उपप्राध्यापक चलाउनेमाथी आक्रमण गर्नेको मुद्धा फिर्ता विरोधमा प्रदर्शन (तस्बिरहरू)

त्रिभुवन विश्वविद्यालय, समाजशास्त्रका उपप्राध्यापक प्रेम चलाउनेमाथि आक्रमण गर्नेहरुको मुद्धा फिर्ताको विरोधमा काठमाडौंमा प्रदर्शन भएको छ। २०७७ असोज २० गते सांघातिक हमला गर्नेहरूलाई मन्त्रिपरिषदको बैठकले उन्मुक्ति दिने निर्णय गरेको भन्दै त्यसको बिरोधमा बृहत् नागरिक आन्दोलनले जिल्ला अदालत अगाडि प्रदशन गरेको हो।

विश्वविद्यालयलाई हिंसारहित बनाउन र उप( प्राध्यापक प्रेम चलाउनेलाई न्याय दिलाउन जिल्ला अदालत परिसरमा भेला भएर बिभिन्न ब्यानर र प्यामलेट देखाएर प्रदर्शन गरेका छन्।

तस्बिरहरूः प्रसन गुरूङ/नागरिक

प्रकाशित: ५ असार २०८० ०६:०१ मंगलबार

उपप्राध्यापक चलाउनेमाथी आक्रमण गर्नेको मुद्धा फिर्ताको विरोधमा प्रदर्शन (तस्बिरहरू)