समाज

रोकिएन पहिरोको बितण्डा: ढुङ्गाले लागेर खुवाका एक बृद्ध घाइते

ताप्लेजुङ मेहेलेमा पहिराे

ताप्लेजुङको सिदिङ्वा गाउँपालिका वडा नं ६ मेहेलेमा एक बृद्ध घाइते भएका छन् । जोखिम स्थानमा रहेको घर छाडेर राति सुरक्षित स्थानमा बास बसी बिहान घरतर्फ फर्कदै गरेका मेहले खुवाका ७८ बषिय बिर्खबहादुर लिम्बू गम्भिर घाइते भएको स्थानीय राजेश कडेंलले जानकारी दिए। ‘माथिबाट झरेको ढुङ्गा सहितको पहिरोले बगाएछ’कडेंलले भने‘धन्न टाउकोमा चाँहि चोट छैन।

उनलाई स्थानीयले पहिरोबाट उद्धार गरी सुरक्षित स्थानमा सारेको समेत उनले जानकारी दिए । पहिरोले मेहेलेको सबै क्षेत्रमा ध्वजा फाटेको र अहिले पनि पहिरो झर्ने क्रम जारी रहेको उनले जानकारी दिए । पहिरोले बगाएर घाइते मेहेले मुकुभञ्ज्याङ्का राजकुमार राईलाई केहिबेर अघिबाट मात्र बिराटनगरस्थित बिराट नर्सिङ होममा उपचार सुरु भएको केहि समयमै मेहेलेमा अर्को घटना भएको हो। मेहेले मुकुभञ्ज्याङ्का बाबु केशरबहादुर राई र छोरा सुरेश राईको पहिरोमा बगाएर ज्यान गएको छ। उनीहरुमध्ये बाबु केशरबहादुरलाई पहिरोले बगाएर मृत अवस्थामा फेला पारिएको थियो भने छोरा सुरेशलाई घाइते अवस्थामा उद्धार गरिएकोमापछि उनको मृत्यु भएको थियो । मेहेलेकै भालुखोपका गणेश तामाङको पहिरोले बगाएर मृत्यु भएको छ । सोहि स्थानका एकाघरका ३ जना बेपत्ता छन् ।  

प्रकाशित: ५ असार २०८० ०४:०३ मंगलबार

ताप्लेजुङ मेहेलेमा पहिराे रोकिएन पहिरोको बितण्डा: ढुङ्गाले लागेर खुवाका एक बृद्ध घाइते