समाज

आगलागीबाट ८ घरगोठ नष्ट

दाङ- आगलागीबाट दाङमा ८ घरगोठ जलेका छन्। वुधवार दिउँसो भएको आगलागीबाट जिल्लाको बंगलाचुली गाउँपालिकाको ‘तापा’ गाउँका चार घर र चार गोठ जलेर नष्ट भएका हुन्। स्थानीय बादु आग्रीको घरबाट सुरु भएको आगो अन्य घर गोठमा फैलिएको थियो।

आगलागीबाट बादुको घर सहित खगेश्वर आग्री,अमृत परियार र ऋषिराम वलीको घर गोठ पूर्ण रुपमा जलेर नष्ट भएको कमिरेचौर प्रहरी चौकीका सई धनवहादुर खड्काले नागरिकलाई जानकारी दिए। आगलागीमा परि बादु सामान्य घाईते समेत भएका छन् भने एउटा बाख्रा मरेको पनि खड्काले जानकारी दिए।

 

 

 

 

प्रकाशित: १३ वैशाख २०७४ १२:४७ बुधबार

आगलागीबाट घरगोठ नष्ट