समाज

धादिङको चापखाेलामा ट्रक दुर्घटना, ११ घाइते, ४ गम्भीर

कच्ची सडक भासिएर दुर्घटनाग्रस्थ स्वराज ट्रक । तस्बिरः शंकर श्रेष्ठ

धादिङ– धादिङको सिद्धलेक गाउँपालिका– ५ चापखोलामा स्वराज ट्रक पल्टिदाँ ११ जना घाइते भएका छन्। घाइते ४ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

ग्रामीण क्षेत्रमा पुर्याउने खाद्य सामग्रीमाथि यात्रु बोकेर कुम्पुर जाँदै गरेको स्वराज ट्रक कच्ची सडक भासिएर दुर्घटनामा परेको हो। बा ३ ख ८७८८ नम्बरको ट्रक ओभरलोड भएकोले सडक भासिएर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यलयका डिएसपी दीपेन्द्र पन्जियारले बताए।

धादिङबेसीबाट खाद्य सामाग्री लिएर गएको स्वराजले कालीदह भन्ने ठाउँबाट यात्रु चढाएको थियो। स्वराजमा रहेका अधिकांश यात्रु घाइते भएका छन्। गम्भीर घाइते ४ जनालाई थप उपचारको लागि काठमाडौं पठाइएको छ। अन्य घाइतेको जिल्ला अस्पताल धादिङबेसीमा उपचार भइरहेको छ।

गम्भीर घाइते भएका कुम्पुरका कुलबहादुर श्रेष्ठ, मीना श्रेष्ठ, नीलकण्ठ ७ का सुदीप श्रेष्ठ र सुजन श्रेष्ठलाई सामान्य उपचारपछि थप उपचारको लागि ट्रमा सेन्टरमा पठाइएको जिल्ला अस्पताल धादिङले जनाएको छ।

 

प्रकाशित: १२ वैशाख २०७४ १३:३० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App