समाज

भारतीय नम्बर प्लेटको गाडी संचालन गर्नेमाथि निगरानी

नियमानुसार भन्सार नतिरी जथाभावी भारतीय नम्बर प्लेटको गाडी संचालन गर्नेमाथि निगरानी गर्न थालिएको छ। भन्सार नतिर्ने तर निर्बाध रुपमा भारतीय गाडी चलाउनेमाथि कारबाही थालिएको देखिएको छ।

भन्सार नतिरी निर्बाध रुपमा भारतीय नम्बर प्लेटको गाडी संचालन गरिरहेको अवस्थामा बरामद गरी सशस्त्र प्रहरी बलले गौर भन्सारलाई बुझाएको छ।

रौतहटको गरुडा नगरपालिका ५ शिवनगरबाट भारतीय नम्बर प्लेटको एउटा बोलेरो गाडी बरामद गरी गौर भन्सारमा बुझाएको हो। चेकजाँच गर्ने क्रममा सशस्त्र प्हरी बलले बिआर २२ पि १९५७ नम्बरको बोलेरो गाडीलाई भन्सार बुझाइएको सशस्त्र प्रहरी बल ११ नम्बर गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक माधव रेग्मीले जानकारी गराएका छन्।

भन्सार नतिरीकन अवैध रुपमा भारतीय नम्बर प्लेटको गाडी चलाइरहेको अवस्थामा फेला पारेर भन्सारमा बुझाइएको र भन्सारमा बुझाइएको गाडीको मूल्य सात लाख रुपौय कायम गरिएको सशस्त्र प्रहरी उपरीक्षक रेग्मीले बताएका छन्। 

प्रकाशित: २ असार २०८० १३:३४ शनिबार

भारतीय नम्बर प्लेटको गाडी संचालन गर्नेमाथि निगरानी