समाज

चितवनमा 'कालो मोसो नेपाल' गठन, अध्यक्ष थापासहित तीन जना पक्राउ

चितवनमा 'कालो मोसो नेपाल'को संगठन नै बनाइएको छ। शम्भु थापाको नेतृत्वमा संगठन बनाइएको हो। कार्यालय नै स्थापना गर्न लागेका अध्यक्ष थापा सहित कालो मोसो नेपालका कार्यकर्ता पक्राउ समेत परेका छन्। चितवनको भरतपुर महानगरपालिका ११ स्थित बाइपास रोडमा  कालो मोसो नेपालको केन्द्रिय कार्यालय स्थापना गर्ने क्रममा थापा सहित तीन जना पक्राऊ परेका हुन्।  

जिल्ला प्रहरी कार्यालय चितवनले उनीहरूलाई हिजो साढे १२ बजे पक्राउ गरेको हो । पक्राउ पर्नेमा जिल्ला संयोजक नित्या नन्द रिजाल, बागमती प्रदेश संयोजक नवीन गैरे रहेका छन्। थापा, रिजाल र गैरे तिनै जना भरतपुर महानगर बासी नै हुन्।  

शुक्रबार शम्भु थापाले  ५० जनाको हाराहारीको उपस्थितिमा कालोमोसो नेपालको केन्द्रिय कार्यालय स्थापना गर्न लागेका थिए। प्रहरीले संगठनको ब्यानर सहित उनीहरूलाई पक्राउ गरेको हो । उनीहरू माथी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता विजयराज पण्डितले जानकारी दिए। उनका अनुसार अभद्र व्यवहारमा मुद्दा चलाउने तयारी गरिएको छ।

प्रकाशित: २ असार २०८० ०८:४८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App