राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनियुक्त प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले पद तथा गोपनियताको शपथ लिएका छन।राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित एक समारोहका बीच प्रधानन्यायाधीश कार्कीले पद तथा गोपनियताको शपथ लिएका हुन।
शपथ ग्रहण कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल, संवैधानिक अंगका प्रमुखहरू, न्यायाधीशहरू, नेपाल बार एसोसिएसनका अध्यक्ष, नेपाल सरकारका मुख्यसचिव, उच्च पदस्थ सरकारी अधिकारी तथा सुरक्षा प्रमुखहरुको उपस्थिति थियो।
यसअघि आजै संसदीय सुनुवाई समितिबाट नाम अनुमोदन भएपछि कार्कीलाई राष्ट्रपति पौडेलले प्रधानन्यायाधीशमा नियुक्त गरेका थिए।आठ महिनायता कायम मुकायम प्रधानन्यायाधीशको जिम्मेवारीमा रहेका कार्की आगामी साउन २० गते सेवा निवृत्त हुँदैछन्
प्रकाशित: १ असार २०८० १२:१२ शुक्रबार