समाज

सदरमुकामबाटै तीन हजार लिटर घरेलु मदिरा बरामद

धादिङ प्रहरीले बरामद गरेको घरेलु मधिरा (रक्सी) बनाउन प्रयोग गरिने भाँडाकुडा (ताउलो र हण्डा)। तस्बिरः शंकर श्रेष्ठ

धादिङ– सदरमुकाम धादिङबेसी आसपासका क्षेत्रबाट प्रहरीले एकैदिन ३ हजार लिटर घरेलु मदिरा बरामद गरेको छ ।

बजारमा घरेलु मधिराको विक्रि बढेको गुनासो आइरहेको बेला जिल्ला प्रहरी कार्यलय धादिङले कोदो, मकै, चामल लगायतबाट तयार पारिएको रक्सी, रक्सी बनाउने कच्चा पदार्थ (कट) र रक्सी बनाउने भाँडो (हण्डा) बरामद गरेको हो ।

मदिरासँगै सय वटा रक्सि राख्ने ड्रम र ३९ वटा रक्सि बनाउने भाडा बरामद गरिएको प्रहरी नायव उपरीक्षक दिपेन्द्र पञ्जियार थारुले जानकारी दिए । पछिल्लो समय प्रहरीले जिल्लाको विभिन्न ठाउँमा मदिरा बरामद गर्दै आएको छ ।

अबैध रुपमा उत्पादन गरिने मदिरा विषाक्त हुनुको साथै मदिरा सेवनका कारण गाउंघरमा अपराधका घटनाहरु समेत बढ्ने गरेको भन्दै प्रहरीले घरेलु मदिरा उत्पादन तथा विक्री वितरणमा रोक लगाउँदै आएको छ।  

तीन सय लिटर मदिरासँगै प्रहरीले सय वटा रक्सि राख्ने ड्रम र ३९ वटा रक्सि बनाउने भाँडो बरामद गरेको छ ।

प्रकाशित: ८ वैशाख २०७४ १३:३३ शुक्रबार

सदरमुकामबाटै लिटर घरेलु मदिरा बरामद