समाज

डोजरबाट खसेको ढुंगा लागेर एकको मृत्यु

डोटी- डोजरबाट खसेको ढुंगा लागेर शिखर नगरपालिका–६ बस्ने ७३ वर्षीय बागे दमाइको मृत्यु भएको छ। सोही नगरपालिका–२ स्थित कालागार्ड देखी मुडे गाँउ जाने कच्ची सडक निर्माण गर्ने क्रममा शुक्रबार ढुंगा खस्दा उनी घाइते भएका थिए। दमाईलाई उपचारको लागि सुगम अस्पताल राजपुरमा लगिएकोमा उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ। डोजर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रकाशित: ८ वैशाख २०७४ ०९:०९ शुक्रबार

डोजरबाट खसेको ढुंगा लागेर एकको मृत्यु