समाज

महिलालाई आत्मनिर्भर बनाउन सीपमूलक तालिम

सुर्यविनायक नगरपालिका-२ र सुमाज व्युटिपार्लर एन्ड ट्रेनिङ सेन्टरको सहकार्यमा आधारभुत व्युटिसियन तालिम सम्पन्न भएको छ।

सुर्यविनायक नगरपालिकाका नगर प्रमुख वासुदेव थापाको प्रमुख आतिथ्यमा कार्यक्रम समापन गरिएको हो। कार्यक्रममा बोल्दै मेयर थापाले दिदीबहिनीहरूका लागि  सीपमूलक तालिमले आत्मनिर्भर बन्न सघाउने बताए।

कार्यक्रममा सुमाज व्युटिपार्लरका संस्थापक अध्यक्ष एवं प्रशिक्षक सरस्वती घिमिरेले तालिमका प्रशिक्षार्थीहरू निकै मेहेनती रहेको र सोचेभन्दा राम्रोसँग सिकाइ भएकाले आगामी दिनमा सीपको उपयोग गरी आयआर्जनमा आत्मनिर्भर हुने विश्वास्त रहेकाे बताइन्।

त्यस्तै वडाध्यक्ष प्रदिप कार्कीले महिलाहरूको क्षमता अभिवृद्धि  गर्न, आत्मनिर्भर,  आयआर्जन र स्वरोजगारका लागि महिला लक्षित तालिम आयोजना गरिएको बताए।

तालिममा थ्रेडिङ, क्लिजिङ, रोलर सेटिङ, मेनिक्योर, पेडिक्योर, स्याम्पु वास, मेक अप, जुरो, हर्बल ड्राइ, हातमा मेहेन्दी, हेयर कटिङमा प्रशिक्षण लगायत सीपको तालिम दिइएको थियो।

प्रकाशित: १ असार २०८० ०४:५७ शुक्रबार

सुर्यविनायक नगरपालिका आधारभुत व्युटिसियन तालिम