समाज

धनुषामा घुससहित वडाध्यक्ष र सचिव रंगेहात पक्राउ

धनुषामा एक वडाध्यक्ष र सचिव घुससहित पक्राउ परेका छन्।

नगराईन नगरपालिका-२ का वडाध्यक्ष बुलन यादव र सोही वडाका सचिव अमृतनारायण मिश्रलाई बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ७० हजार रुपैयाँ घुससहित नगराईन चौकबाट रंगेहात पक्राउ गरेको हो।

वडाध्यक्ष यादव र वडा सचिव मिश्रले सेवाग्राहीसँग काम गरे बापत घुस लिएको उजुरीको आधारमा अख्तियारको कार्यालय बर्दिबासबाट खटेको टोलीले उनीहरूलाई पक्राउ गरिएको धनुषा प्रहरीका सूचना अधिकारी कृष्ण प्रसाद हुमागाईँले जानकारी दिए।

प्रहरीका अनुसार अख्तियारको टोलीले अहिले मुचुल्का उठाउने काम गरिरहेको छ।

प्रकाशित: ३१ जेष्ठ २०८० १२:५९ बुधबार