समाज

आज यी चार प्रदेशमा वर्षाको सम्भावना

हाल देशमा  पश्चिमी  वायुका साथै भारतको बिहारमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।

यसको प्रभावले अहिले बिहान कोशी प्रदेश र मधेश प्रदेशका थोरै स्थानहरुमा मेघ-गर्जन र चट्याङ्गसहित हल्का देखि मध्य वर्षा भइरहेको छ।  

आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा र मधेस प्रदेश लगायत बाँकी पहाडी भू-भागका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

राति भने कोशी, मधेस, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागका केही स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।  

प्रकाशित: ३१ जेष्ठ २०८० ०१:३८ बुधबार

आज यी चार प्रदेशमा मध्यम वर्षाको सम्भावना